अग्राख होइन मानेकै हो
खिर्रो सिमलकै ठानेको हो
थुप्रा र रङ् पनि भोगेकै हो
रङै बदल्न नि खोजेको हो
अहिले त आँखा नि टाल्यो उसैले
अहिले त कान पनि भर्यो उसैले
टुप्पी टाउको,फेदसमेत ढाक्यो उसैले।
मुठी भए पनि खरानी
मुरीथुप्रो भएपनि खरानी
मुठी र मुरी नै उस्तै छ
जोगीका अनुहार उस्तै छ
खरानी व्यवहार उस्तै छ ।
यसपटक रङ नबदले,
अग्राख कि खिर्रो नचिने
खरानी, खरानी हुन्छ
खिर्राकै टीका लगाइन्न
खिर्रामा शीतल भेटिन्न
जोगीकै हुन्छ फेरि पनि
बतास आउँछ उडाउँछ
लौ न खरानी रङ बदलौं ।
………
पोखरा