
माघ १२ सर्लाही ।
गत पौष २९ गते नेकपा (क्रान्तिकारी माओवादी) सर्लाही जिल्ला पार्टी र जिल्लासुकुम्बासी संघले जिल्लामा रहेका सुकुम्बासीहरुको समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय भूमि आयोगलाई ज्ञापन पत्र बुझाएका थिए ।
त्यसैको बदलास्वरुप स्थानीय प्रहरीको मिलोमतोमा हुलदंगा गरेको कपोलकल्पीत झुटा आरोपमा नेकपा (क्रान्तिकारी माओवादी) सर्लाही सेक्रटरी सुमन अधिकारीलाई सार्वजनिक अपराधको झुट्टा मुद्दा लगाई माघ ६ गते गिरफतार गरी ६ दिनसम्म प्रहरी हिरासतमा राखेकोमा सुकुम्बासीहरुको पहलमा ६ दिनपछि पछि यही माघ १२ गते धरौटीमा उहाँलाई थुनामुक्त गरेको छ ।
उहाँलाई थुनमुक्त गरेको दिन ठूलो संख्यामा सुकुम्बासीहरुको उपस्थितिमा उहाँलाई फूलमालाले स्वागत गरेका थिए ।