
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले बैशाख १६, १७ र १८ गते राष्ट्रिय सम्मेलन गर्ने भएको छ । संगठनको बिहीबार चितवनमा बसेको केन्द्रीय समितिको बैठकले सम्मेलन लक्षित तीन महिने अभियान समेत सञ्चालन गरेको छ ।
बैठकले केन्द्रीय समितिलाई सम्मेलन आयोजक समितिमा बदल्दै ३९ सदस्यीय सम्मेलन आयोजक कमिटि बनाएकाे छ । कमिटीको संयोजकमा अम्बिका मुडभरी र सचिवमा शारदा महत रहनु भएकाे छ ।
नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हरिभक्त कडेल प्रतीकको प्रमुख आतिथ्यता र संगठनकी अध्यक्ष अम्बिका मुडभरीको अध्यक्षतामा सम्पन्न बैठकले सम्मेलन लक्षित अभियानलाई तीन चरणमा सम्पन्न गर्ने निर्णय गरेको छ । संगठनकी सचिव शारदा महतले दिएको जानकारी अनुसार सुरुको एक महिना संगठन विस्तार अभियान, दोस्रो चरणमा जिल्ला, प्रदेशको भेला सम्मेलन र तेस्रो चरणमा प्रचार प्रसार लगायत सम्मेलनको अन्तिम तयारी गरिने निर्णय गरेको छ ।