अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ रामेछापको जिल्ला सम्मेलन सम्पन्न

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ रामेछापको जिल्ला सम्मेलन सम्पन्न

रामेछाप । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ रामेछाप जिल्लाको सम्मेलन सम्पन्न भएको छ । जिल्ला संयोजक रमेश बोहराको अध्यक्षता तथा महासंघ केन्द्रीय अध्यक्ष ईश्वर तिमिल्सिनाको प्रमुख आतिथ्यता एवं नेकपा (क्रान्तिकारी माओवादी)का केस तथा जिल्ला इन्चार्ज गणेश खड्गीको विशेष उपस्थितिमा सम्पन्नभेलाले रमेश बोहराको नेतृत्वमा १३ सदस्यीय जिल्ला कमिटि निर्वाचित गरेको छ ।


सम्मेलनले अन्य पदाधिकारी बैठकबाट टुंगो लगाउने गरी रमेश बोहराको नेतृत्वमा सुशील कुमार महतो, लीला बोहरा, सुवास थापा, सागर तामाङ, नारायण श्रेष्ठ, नवीन बोहरा, भुल बहादुर मगर, ॐ बहादुर मगर र केशव कार्की र तीन सदस्य पछि थप्ने गरि १३ सदस्यीय जिल्ला महासंघ निर्माण गरेको हो ।

संख्याका दृष्टिले मजदुरवर्ग बलशाली देखिए पनि राजनीतिक चेतना र संगठित शक्ति निर्माण गर्न नसक्दा सामाजिक,आर्थिक, राजनीतिक दृष्टिबाट मजदुरहरुको अवस्था निक्कै पछाडी पारिएको परिस्थितिमा जिल्ला सम्मेलनले ऐतिहासिक भुमिका निर्वाह गर्नुका साथै मजदुरहरुको ताकतलाई नयाँ ठाउँमा उठाउने बिश्वास व्यक्त गर्दै महासंघका अध्यक्ष तिमिल्सिनाले मजदुरहरुको राजनीतिक,आर्थिक,सामाजिक अधिकार स्थापित गर्न संघर्षको नेतृत्वदायी भुमिका खेल्ने बिश्वास व्यक्त गर्नु भयो। इन्चार्ज खड्गीले संगठनको आगामी कार्यभार पूरा गर्ने जिल्ला समितिको निर्माणप्रति खुशी व्यक्त गर्दै बधाई तथा शुभकामना मन्तव्य राख्नुभयो ।

यसैबीच, सोही अबसरमा अखिल नेपाल क्रान्तिकारी अटो मेकानिक्स श्रमिक मजदुर संघ जिल्ला समितिको समेत गठन गरिएको छ । जसको अध्यक्ष सुशील कुमार महतो, उपाध्यक्ष राजिव कार्की, सचिव रमेश तामाङ, कोषाध्यक्ष नारायण श्रेष्ठ, कार्यसमिति सदस्यहरु क्रमश: कृष्ण आछामी, माधब बुढाथोकी, अनिल पाश्वान, सुवास महतो, सन्तोष साह, तेफाजुल मिया, राजकुमार साह, सन्तोस साह, बच्चा आलम, अनिलकुमार महतो, भुबन सुवेदी, बच्चा आलम सहित एक जना पछि थप्ने गरी १७ समिति निर्माण गरिएको छ ।