काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम समेत रहनु भएका लेखक इन्द्रमोहन सिग्देलद्वारा लिखित पुस्तक ‘विचारधारात्मक संघर्ष’को परिचर्चा कार्यक्रम गरिने भएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी)का महासविच मोहन वैद्य किरणको प्रमुख आतिथ्यतामा हुने परिचर्चा कार्यक्रममा महासचिव करिण, क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य परि थापा, नेकपा (बहुमत)का नेता हेमन्तप्रकाश ओली सुदर्शन र हरि रोकाले समालोचनात्मक टिप्पणी गर्ने कार्यक्रमको आयोजकले बताएका छन् ।

सोही दिन पुस्तकको लोकार्पण पनि गरिने छ । कार्यक्रमको आयोजना पुस्तक प्रकाशक भुँडी पुराण प्रकाशनले गर्न लागेको हो । कार्यक्रम माघ १४ गते शनिबार इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा गर्ने कार्यक्रम तय गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर