‘लुटतन्त्र भ्रष्टचारका विरुद्ध एकजुट होऔ’ भन्दै प्रेम प्रसाद आचार्यको न्यायका लागि सडक प्रदर्शन

‘लुटतन्त्र भ्रष्टचारका विरुद्ध एकजुट होऔ’ भन्दै प्रेम प्रसाद आचार्यको न्यायका लागि सडक प्रदर्शन

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनअघि मंगलबार आत्मदाह गरेर ज्यान गुमाएका प्रेमप्रसाद आचार्यको न्याय माग्दै युवाहरू सडकमा उत्रिएका छन्।

काठमाडौंको माइतीघर मण्डलामा स्वतस्फुर्तरुपमा युवाहरु सडकमा उत्रिएका हुन्। उनीहरुले विभिन्न प्लेकार्डसहित प्रदर्शन गरिरहेका छन्।

लुटतन्त्र, भ्रष्टाचारविरुद्ध एकजुट हौं, भन्दै प्रदर्शनकारीले उनले उठाएका सवालहरूलाई पूरा गर्न पनि दबाब दिएका छन्।