सिपा । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सिन्धुपाल्चोक जिल्ला भेला सम्पन्न भएको छ । मंगलबार चौतारामा सम्पन्न भेलाले जिल्ला अध्यक्षमा कमलादेवी श्रेष्ठलाई निर्वाचित गरेको छ ।
भेलाले कमलादेवी श्रेष्ठ अध्यक्ष, सम्झना शेर्पा सचिव, लक्ष्मी श्रेष्ठ कोषाध्यक्ष र सदस्यहरुमा सरला थापा, सर्मिला श्रेष्ठ, पुष्पा तामाङ, रविणा श्रेष्ठ, पाली तामाङ, सारदा श्रेष्ठलगायत पछि २ सदस्य थप्ने गरी ११ सदस्यीय जिल्ला कमिटि निर्वाचित गरेको हो ।
अनेमसंघ (क्रान्तिकारी)की केन्द्रीय महासचिव शारदा महतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलामा महासचिव महत, संगठनकी प्रदेश ३ की संयोजक अनु निरौलाले महिला आन्दोलनका जल्दाबल्दा समस्याका विषयमा कुरा राख्नुभएको थियो ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)की केस तथा जिल्ला इन्चार्ज ज्ञानु खतिवडा, सेक्रेटरी तिलक श्रेष्ठ, धन तामाङ। सुर्य तामाङको समेत अतिथिको रुपमा उपस्थिति रहेको थियो ।
कार्यक्रमा महिलाहरुले आफूहरुले भोग्नुपरेका अनगिन्ती हिंसा, विभेद र उत्पीडनका विषयमा कुरा राख्नुभएको थियो । भेलाको सञ्चालन सम्झना शेर्पाले गर्नुभएको थियो भने स्वागत मन्तव्य दिपा बर्तौलाले राख्नुभएको थियो ।