पौष ९ गते काठमान्डौ ।
काठमान्डौको राष्ट्रिय नाचघरमा यही पौष ११ गते दिनको १२ बजे नेपालका तीनवटा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले संयुक्त रुपमा १३० औँ माओ दिवस मनाउँदै छन् ।
नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल)ले यही पुस ११ गते १२ बजे काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा संयुक्त रूपमा १३० औँ माओ दिवस मनाउने भएका हुन् ।
नेकपा (क्रान्तिकारी माओवादी) स्थाई समिति सदस्य सीपी गजुरेलले दिनु भएको जानकारीअनुसार तीनै वटा पार्टीले काठमाडौँको नाचघरमा सभाका साथै देशभर विभिन्न सिर्जनात्मक कार्यक्रमका साथ संयुक्त रूपमा माओ दिवस मनाउने निर्णय भएको छ ।
यसरी केन्द्रीय स्तरमा गोष्ठी र सभासहीत १३० औँ माओ दिवस मनाउनका लागि नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेल, नेकपा (बहुमत) का प्रवक्ता सुदर्शन, र नेकपा (मशाल)का नेता चिन्तामणि पौडेलको नेतृत्व रहेको १३० औँ माओ दिवस आयोजक समिति गठन गरिएको छ ।
प्राप्त समाचारअनुसार तीनैवटा पार्टीले केन्द्रीय स्तरमा काठमाडौँमा र स्थानीय स्तरमा देशैभर माओका योगदान, माओवादको अपरिहार्यता, वैज्ञानिक समाजवाद र माओवादलगायत विविध विषयमा गोष्ठी, छलफल, अन्तरक्रियालगायत सिर्जनात्मक कार्यक्रम आयोजना गरिनेछ ।
विश्व सर्वहारा वर्गका महान् नेता कमरेड माओको २६ डिसेम्बर १८९३ मा जन्म भएको थियो । माओको जन्मदिनमा संसारभरका मालेमावादीहरूले सिर्जनात्मक–वैचारिक कार्यक्रम गरी माओ दिवस मनाउने गर्दछन् । नेपालका तीनवटा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले संयुक्त रुपमा नेपालमा पनि १३० औँ माओ दिवस मनाउन लागेका हुन ।