सन् १९४९ अक्टोवर १ को चीनीयॉ जनताको गणतन्त्रको स्थपनापछि तुरून्तै अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनले उपनिवेशहरू र अर्ध–उपनिवेशहरूका निम्ति क्रान्तिको चीनीयाँ मार्गको महत्वलाई खुल्ला मान्यता दियो । २७ जनवरी १९५०मा, अन्तिम शान्तिका लागि, जनताको जनवादका लागि, कोमिनफोर्मको मुखपत्रको सम्पादकीयमा यसरी भनिएको थियो–
“ चीनीयाँ जनताले लिएको बाटो …….त्यो बाटो हो जुन घेरै उपनिवेश र अरूमा आश्रित देशहरूले उनीहरूको राष्ट्रिय स्वतन्त्रता र जनताको जनवादका लागि संघर्षमा जनताद्धारा अवलम्न गरिनु पर्दछ ।”
“चीनीयाँ जनताको विजयी राष्ट्रिय मुक्ति संघर्षका अनुभवले सिकाउछन् कि मजदुर वर्ग सबै वर्गहरू, पार्टीहरू, समूहहरू र संगठनहरूसित जो साम्राज्यवाद र तिनीहरूका भरौटेहरूसित लडन र मजदुर वर्ग र यसको अघिल्लो पंक्ति–कम्युनिष्ट पार्टीद्धारा नेतृत्व गरिएको एउटा फराकिलो, राष्ट्रव्यापी संयुक्त मोर्चा गठन गर्न इच्छुक छन् , एकतावद्ध हुनै पर्दछ ।”
“राष्टिय मुक्ति संघर्षको विजयी प्रतिफलका लागि एउटा निर्णायक अवस्था जब आवश्यक आन्तरिक परिस्थितिले यसलाई अनुमति दिन्छ,, यो भनेको कम्युनिष्ट पार्टीको नेतृत्व अन्तरगत जनताको मुक्ति सेनाहरूको गठन हो ।”
यसरी, माओद्धारा विकसित माक्र्सवादी–लेनिनवादी सिद्धान्तको सार्वभौम सान्दर्भिकता त्यो भनेको माओवादलाई अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनले उपनिवेशहरू र अर्ध–उपनिवेशहरूका निम्ति क्रान्तिको चीनीयाँ मार्गको महत्वलाई खुल्ला मान्यता दियोे, र विश्वभरका खासगरी उपनिवेशहरू र अर्ध– उपनिवेशहरूमा रहेका सच्चा क्रान्तिकारीका लागि यो एउटा मार्गनिर्देश बन्यो ।
माओको क्रान्तिको चीनीयॉ मार्गको मान्यता क्रान्तिको विकासका दौरानमा उहाँका अनगिन्ति लेखहरूमा विकास भएका थिए । लेनिनले पहिले नै देखाउनु भएको थियो कि साम्राज्यवादी र सर्वहारा क्रान्तिको युगमा पुँजीपतिले होइन् सर्वहाराले पुँजीवादी जनवादी क्रान्तिको नेतृत्व लिने छ । माओले उहाँको ‘नयाँ जनवाद वारे’मा, यो बुझाइलाई अगाडि सादै, अरू ज्यादा देखाउनु भएको थियो कि यो युगमा, उपनिवेश अथवा अर्ध–उपनिवेशमा गरिने कुनै पनि क्रान्ति साम्राज्यवादका विरूद्ध निर्देशित गरिनु पर्दछ , पुँजीवादी–प्रजातान्त्रिक विश्व क्रान्तिको पुरानो वर्गिकरण भित्र लामो समयसम्म,तर एउटा नयाँ बर्गिकरणभित्र: यो पुँजीवादको हिस्सा हैन्,अथवा पुँजीवादी, विश्व क्रान्ति, तर नयाँ क्रान्तिको एउटा हिस्सा भएको छ, सर्वहारा समाजवादी विश्व क्रान्ति ।
यस्तो क्रान्तिकारी उपनिवेशहरू र अर्ध–उपनिवेशहरू विश्व पुँजीवादको प्रतिक्रान्तिकारी मोर्चाका मित्रहरू भएर लामो समयसम्म रहन सक्दैन् ; तिनीहरू विश्व समाजवादको क्रान्तिकारी मोर्चाको मित्रहरू बनेका छन् । यसरी, पुरानो पुँजीवादी प्रजातान्त्रिक क्रान्तिबाट फरकका लागि, उहाँले उपनिवेशहरू र अर्ध–उपनिवेशहरूमा हुने क्रान्तिलाई एउटा नयाँ जनवादी क्रान्ति भन्नु भयोे । यो आधारमा उहाँले नयाँ जनवादको राजनीति, अर्थतन्त्र र संस्कृतिलाई व्याख्या गर्नु भयो ।
माओले संयुक्त मोर्चाको बुझाइमा विकास गर्नु भयो, जुन लेनिन र स्तालिनले दिनु भएको थियो । उहाँले देखाउनु भएको थियो कि उपनिवेशहरू र अर्ध–उपनिवेशहरूमा कसरी पुँजीपतिवर्ग दुई भागमा विभाजित थिए– दलाल पुँजीपति र राष्ट्रिय पुँजीपति । दलाल पुँजीपति, जो उसको अस्तित्व र वृद्धिका लागि साम्राज्यवादमा भर परेको थियो, सधैभरी क्रान्तिको एउटा शत्रु थियो । राष्ट्रिय पुँजीपति, एउटा पेण्डुलमजस्तो अस्थिर मित्र हो, जो कहिलेकाही क्रान्तिमा मद्तगार हुन्छ र कहिलेकाही शत्रुहरूसित मिल्न जान्छ । यसरी सर्वहाराको नेतृत्व अन्तरगत संयुक्त मोर्चाले चार वर्ग एलाइन्स– सर्वहारा, किसान, शहरी निम्न पुँजीपति र जमिन्दारहरू समाहित गर्दछ । क्रान्तिका शत्रुहरू भनेका साम्राज्यवाद, दलाल पुँजीपति र जमिन्दारहरू नै थिए ।
माओका अनुसार उपनिवेशहरू र अर्ध–उपनिवेशहरूमा हुने क्रान्तिले रसियन क्रान्तिद्धारा गरिएजस्तो विद्रोहको मार्ग अपनाउने छैन् , जहाँ प्रमुख शहरहरू पहिले क्याप्चर गरिए र अनि गाउँहरूमा नियन्त्रण गरिए । उहाँले रक्षात्मक जन युद्धको चीनीयाँ मार्ग देखाउनु भयो, जसमा गाउँहरूमा सत्ताको क्षेत्रीयस्तरमा खोस्ने कार्य संलग्न थियो, गुरिल्ला क्षेत्रहरू र आधार इलाकाहरूको निर्माण र अन्त्यमा घेरावन्दी गर्दै शहरहरूलाई नियन्त्रण लिने थियो । यो प्राप्त गर्न माओले क्रान्तिकारी युद्धका सैनिक सिद्धान्तहरू तयार पार्नु भयो । उहाँले लाल सेना कसरी निर्माण गर्ने भन्ने सिकाउनु भयो, जुन क्रान्तिको एउटा पूर्णत आवश्यक हतियार थियो । गुरिल्ला युद्धकौशलबाट सुरू गर्दै र अनि चलायनमान युद्धकौशल र अन्त्यमा एकै ठाउँ अडिएर लडने युद्धकौशल, माओ जसले एउटा सानो फौज एउटा भयानक शत्रुलाई हराउन आवश्यक फौजीशक्ति निर्माण गर्न विशाल जनसमूहमा कसरी भर पर्न सक्छ भन्ने देखाउनु भयो ।
अन्त्यमा,राज्य र सर्वहाराको अधिनायकत्वको माक्र्सवादी–लेनिनवादी बुझाईमा आफैलाई आधारित बनाउँदै,माओले उपनिवेशी देशहरूमा क्रान्तिमा राज्यको रूप सम्वन्धी सिद्धान्तको व्याख्या गर्नु भयो । नयाँ जनवादको सिद्धान्तको आधारमा, उहाँले नयाँ जनवादी गणतन्त्रको बुझाई निर्माण गर्नु भयो ।
यो नयाँ जनवादी गण्तन्त्र उहाँले पुँजीपति वर्गको अधिनायकत्व अन्तरगत पुँजीवादी गणतन्त्रको पुरानो युरोपियन –अमेरिकन रूपबाट जुन पुरानो प्रजातान्त्रिक रूप र पहिले नै मिति सिद्धिएको गणतन्त्रभन्दा फरक हुने छ भन्नु भयो । अर्कोतीर, यो सर्वहाराको अधिनायकत्व अन्तरगत सोभियत प्रकारको समाजवादी गणतन्त्रबाट पनि फरक रूपमा हुनेछ । एउटा केहि ऐतिहासिक अवधिका लागि,यो रूप पनि उपनिवेशहरू र अर्ध–उपनिवेशहरूका लागि सुहाउँदो थिएन् । यो अवधिका दौरान, त्यसकारण, राज्यको एउटा तेस्रो रूप कैयौ साम्राज्यवाद विरोधी वर्गहरूको संयुक्त अधिनायकत्व अन्तरगत नयाँ जनवादी गणतन्त्र सबै उपनिवेशहरू र अर्ध–उपनिवेशहरूका क्रान्तिहरूमा लागु गर्न सकिने खालको आवश्यक थियो । यो रूपले एउटा निश्चित ऐतिहासिक अवधि माग गर्ने भएकाले यो त्यसकारण संक्रमण कालिन छ । तै पनि, माओका अनुसार, यो एउटा त्यस्तो रूप हो जो आवश्यक छ र जसलाई विभाजित गरेर काम गर्न सकिदैन् ।
यो राज्य जनताको जनवादी अधिनायकत्वको रूपमा चीनीयाँ क्रान्तिको विजयपछि स्थापित गरियो । माओले जनताको जनवादी अधिनायकत्वको महत्व दुई पक्षहरू, प्रथम जनताका लागि जनवाद र द्धितीय प्रतिक्रियावादीहरूमाथि अधिनायकत्व को मिसावटका रूपमा वणर््ान गर्नु भयो । जनता भनेका मजदुर वर्ग, किसान, शहरी निम्न पुँजीपति र राष्ट्रिय पुँजीपति हुन् । मजदुर वर्ग र कम्युनिस्ट पार्टीद्धारा नेतृत्व गरिएका यी वर्गहरूले उनीहरूको आफ्नो राज्य बनाउन एकता गर्दछन् र तिनीहरूको आफ्नो सरकार निर्वाचन गर्दछन् । तिनीहरूले उनीहरूको अधिनायकत्व साम्राज्यवादका भुष्या कुकुरहरू– जमिन्दार वर्ग र नोकरशाही दलाल पुजीपतिका साथै ती वर्गहरूका प्रतिनिधिहरूमाथि आफ्नो निर्णयलाई पालन गर्न लगाउ‘दछन्
माओले अझ ज्यादा देखाउनु भयो कि कम्युनिस्ट पार्टीले जनताको जनवादी गणतन्त्रलाई समाजवादी राज्यको रूपान्तरणको प्रक्रियाको नेतृत्व गर्नु परेको थियो । जनताको जनवादी अधिनायकत्व, सर्वहाराद्धारा नेतृत्व गरिएको र मजदुर –किसान मित्रतामा आधारित, आवश्यक थियो कि कम्युनिस्ट पार्टीले समग्र मजदुर वर्ग, समग्र किसान र क्रान्तिकारी बुद्धिजीवीहरूको विशाल मासहरूलाई एकतावद्ध गर्नु पर्दछ; यी अधिनायकत्वका नेतृत्वदायी र आधारभूत शक्ति हुन् । यो एकता विना, अधिनायकत्वलाई एकत्रित गर्न सकिदैन् । यो पनि आवश्यक छ कि पार्टीले शहरी निम्न पुँजीपति र राष्ट्रिय पुँजीपति र उनका बुद्धिजीवीहरू र राजनीतिक समूहहरू, उनका प्रतिनिधिहरू जो सहयोग गर्न तैयार थिए, उनीहरूसित जति घेरै सम्भव छ एकता गर्नु पर्दछ । यो प्रतिक्रान्तिकारी शक्तिहरूलाई एक्ल्याउनका लागि आवश्यक थियो । यदि यो गरिएको भए, क्रान्तिको विजयपछि, तीव्रताकासाथ उत्पादन पुन:स्थापन गर्न र विकास गर्न, विदेशी साम्राज्यवादसित सामना गर्न, ध्यानपूर्वक एउटा पिछडिएको अर्ध–उपनिवेशी कृषि अर्थतन्त्रलाई एउटा औधोगिक देशमा रूपान्तरण गर्न र एउटा समाजवादी राज्य निर्माण गर्न यो सम्भव हुनेथियो ।
जगपगmकष्लनजद्दण्ज्ञद्द२थबजयय।अयm

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर