पौष ७ सिराहा ।
अखिल(क्रान्तिकारी) २ नं.प्रदेश अन्तर्गत सिराहा जिल्लाको गोलबजारमा राम प्रताप राम प्रसाद तामाङ् जनता बहुमुखी क्याम्पसमा अखिल(क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेल,उपाध्यक्ष शिलु न्यौपाने,महासचिव पेशल दाहाल,कोषाध्यक्ष रंजित शाह, ने.क.पा (क्रान्तिकारी माओवादी) सिराहा जिल्ला सेक्रेटरी शम्भु शाहको आतिथ्यतामा उक्त क्याम्पसमा चाँदनी कुमारी शाहको अध्यक्षतामा ११ सदस्यीय इकाइ समिति गठन गरिएको छ ।
त्यसैगरी पौष ८ गते अखिल(क्रान्तिकारी) २ नं प्रदेश सिराहा जिल्लाको लाहानमा ज्वाला प्रसाद स्योवाइ देवी मुरारका बहुमुखी क्याम्पसमा अखिल(क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेल, उपाध्यक्ष शिलु न्यौपाने, महासचिव पेशल दाहाल,कोषाध्यक्ष रन्जित शाह ,नेकपा (क्रान्तिकारी माओवादी)का जिल्ला सेक्रेटरी शम्भु शाहको आतिथ्यतामा अखिल(क्रान्तिकारी) ज्वाला प्रसाद स्योवाइ देवी मुरारका बहुमुखी क्याम्पस दिपक कुमार यादवको अध्यक्षतामा १५ सदस्यीय इकाई कमिटी गठन गरिएको छ ।

सोहि क्याम्पसमा अखिल(क्रान्तिकारी)का केन्द्रिय उपाध्यक्षले अध्ययन गरेको एवं २०६५ सालको स्ववीयुको सभापतिको उम्मेदबार समेत रहेका थिए भन्ने जानकरी अखिल(क्रान्तिकारी)कि केन्द्रिय उपाध्यक्ष शिलु न्यौपानेले जानकारी गराउनु भयो ।




























