पौष ६ लाहान ।
अखिल(क्रान्तिकारी)का केन्द्रिय उपाध्यक्ष तथा ने.क.पा (क्रान्तिकारी माओवादी)का प्रदेश सदस्य कमरेड किरणकुमार अधिकारी थारुको हृदयघातको कारण असमायिक निधन भएकोले १२ दिनको दिन सिराहा जिल्लाको लाहान २२ जहादी उहाँको घरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको अध्यक्ष राम शंकर थारुले गर्नु भएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि अखिल(क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष तथा ने.क.पा (क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य हरिकृष्ण गजुरेल हुनुहुन्थ्यो । यस्तै उक्त कार्यक्रमका अतिथिहरुमा ने.क.पा (क्रान्तिकारी माओवादी)का केन्द्रिय सदस्य राम नारायण सिहं, अखिल(क्रान्तिकारी)कि उपाध्यक्ष शिलु न्यौपाने , महासचिव पेशल दाहाल,कोषाध्यक्ष रन्जित शाह,रौतहट जिल्ला सेक्रेटरी प्रहलाद शाह, सिराहा जिल्ला सेक्रेटरी शम्भु शाह हुनुहुन्थ्यो ।
श्याम अधिकारी थारुले आफ्नो स्वागत मन्तव्य राख्नु भएको थियो भने मन्तव्यको क्रममा राजेश विद्रोह र प्रवेश लामाले नेता किरण संगको अनुभव जन्य संस्मण सुनाउनुभयो । यस्तै नेता राम नारायण सिहंले किरण कुमार अधिकारीले कलेज जीवन देखिनै इमान्दारीताका साथ आफ्नो जीम्मेवारीलाइ बहन गर्दै आउने र कहिल्यै पदका लागि मरी हत्ते नगर्ने नैतिक बान नेतालाइ २ नम्बर प्रदेशले गुमाएको नेता सिहंले बताउनु भयो । उहाँ जस्ता नेता सजिलै पैदा गर्न नसक्ने उहाँले बताउनु भयो ।
यस्तै श्रद्धाञ्जली कार्यक्रमका प्रमुख अतिथि हरिकृष्ण गजुरेलले उहाँले कहिल्यै पनि आफ्ना जीवनका समस्या नरख्ने, क्रान्ति प्रति प्रतिवद्ध विद्यार्थी नेता हुनुहुन्थ्यो । सङ्गठनमा आइपरेका समस्य समाधानका लागि गहकिला सरसल्लाहा दिदै आफूलाइ कहिल्यै केन्द्रमा नराखि संगठनलाइ त्याग र वलिदानको संधर्ष गर्नु पर्ने सुझाव उपाध्यक्ष किरणले दिने गरेको नेता गजुरेलले बताउनु भय ।
उहाँको संघर्षमय जीवनबाट शिक्षा लिंदै सवैले कान्ति र संधर्षलाइ आत्मा साथ गर्नु पर्याे । र उहाँको स्मृतीको लागि अखिल(क्रान्तिकारी) स्मृति ग्रन्थ प्रकासन गर्ने बताउनु भयो ।