कतार विश्वकप २०२२
अन्तिम १६ मा अर्जेन्टिनाले अष्ट्रेलियासँग खेल्ने
मंसिर १५ , काठमाडौँ

कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा अर्जेन्टिनाले अष्ट्रेलियाको सामना गर्ने भएको छ।

हार्दिक शुभकामना !

समूह सी को विजेताको रुपमा माथिल्लो चरणमा पुगेको अर्जेन्टिनाले समूह डीको उपविजेता अष्ट्रेलियाको सामना गर्न लागेको हो।
समूह चरणमा पोल्याण्ड र मेक्सिकोलाई हराएर अर्जेन्टिनाले माथिल्लो चरणमा आफ्नो स्थान सुरक्षित गरेको थियो भने अष्ट्रेलियाले डेनमार्क र ट्युनिसियालाई पराजित गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर