अर्जेन्टिनाको अग्रता दोब्बर
मंसिर १५ , काठमाडौँ
विश्वकप फुटबलअन्तर्गत समूह सीको पोल्याण्डविरुद्धको खेलमा अर्जेन्टिनाले अग्रता दोब्बर पारेको छ।
खेलको ४७ औं मिनेटमा एलेक्सिस म्याक एलिस्टारको गोलबट अग्रता लिएको अर्जेन्टिनाका लागि खेलको ६८ औं मिनेटमा जुलियान अल्भारेजले गोल गर्दै अग्रता दोब्बर पारेका हुन्।
यसअघि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
कप्तान नियोनेल मेस्सी पेनाल्टीमा चुक्दा यसअघि अर्जेन्टिनाले अग्रता लिने मौका गुमाएको थियो।
पोल्याण्डविरुद्धको खेलमा जित हात पारी समूह विजेता बन्दै अर्जेन्टिना माथिल्लो चरणमा पुगेको छ ।