मंसीर ७ काठमान्डौ ।
नेकपा(क्रान्तिकारी माओवादी) स्थायी समिति सदस्य सीपी गजुरेलको दाहिने आँखाको शल्यक्रिया सम्पन्न गरिएको छ । आजै तिलगंगा आँखा अस्पतालमा डा. रीता गुरुङ नेतृत्वको टिमले सफलतापूर्वक उहाँँको आँखाको शल्यक्रिया सम्पन्न गरेको हो ।
उहाँ केही समयदेखि आँखाको मोतियाँ बिन्दुबाट पीडित हुनुहुन्थ्यो । वर्गदृष्टि मिडिया परिवार उहाँको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

 

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर