माओवादीलाई खुला पत्र

माओवादीलाई खुला पत्र

माओवादी केन्द्रका कमरेडहरू,
माअाेवादी नामकाे विजय र पराजयले जाे जहाँ भए पनि केही दुःखी र केही खुशि बनाईहाल्छ नै । किनकि माअाेवादी अान्दाेलनमा सबै माअाेवादीहरूकाे रगत पसिना समान बगेकाे छ । चुनावि मत परिणाम सार्वजनिक हुँदै गर्दा सामाजिक सञ्जालहरूमा पाेखिएकाे अावेग, उत्तेजना र संवेगहरू त्यसकै प्रतिबिम्ब हाे । ऊ सहिद परिवार, ऊ जनयुद्धको पूर्णकालीन, ऊ घाईते ! सग्लाे काे नै छ र ? तर, दाँत किटेर भए पनि स्वीकार गर्नु पर्ने कुरा याे हाे कि हर विजय र पराजयकाे कारण स्वयम् भित्र हुन्छ । बाहिरी कारणहरू महत्वपूर्ण भए पनि ती निर्णायक हुँदैनन् ।
माअाेवादीकाे पराजय त उतिबेलै भैसकेकाे थियाे जतिबेला दिल्लीमा अात्मसमर्पणकाे कागजमा नेतृत्वले सहिछाप ठाेक्याे । काठमाडौंका चाेकहरूमा प्रचण्डपथ अलपत्र पर्याे, भाैतिकवादकाे शरीरमा अध्यात्मवादकाे टाउकाे जाेडियाे । जनवादी क्रन्तिकाे मिठाे तरकारीमा लाेकतान्त्रिक गणतन्त्रकाे एक चिम्टी गाेबर मिसाईयाे । जमिन्दारका जमिनमाथि दलालीकाे फूल फूल्याे र त्यो फूलकाे गाेडमेलमा केही नेता कार्यकर्तालाई लगाइयाे । प्रथम संविधानसभाकाे हत्या भयाे, जनमुक्ति सेनालाई लिलाम बिक्री गरियाे, त्याे पनि अाफ्नै अगुवाईमा । अान्दाेलन संसदवादकाे चक्रव्यूहमा फस्दै गयाे । नेतृत्व सम्भ्रन्त वर्गसँग रमाउँदै गयाे । हामी भने काेही वाह ! अद्भूत चमत्कार भन्दै तालि बजाउदै हाैसियाैं त काेही अाफुभित्रकाे थकानले चुर भएर तमासा हेर्दै चुपचाप बसिरह्याै । हामिले पछाडि फर्केर हेर्नेसम्मकाे लेठाे गरेनाै कि हाम्रा व्यारेक बनेका वस्तिहरू र त्यहाँका झुपडिहरूमा के भैरहेकाे छ ? शहरकाे बसाईले नजानिदाे ढङ्गबाट निजत्वकाे सिकञ्जाले नेतालाई मात्र हाेइन हामी सबैलाई कस्दै गयाे । अान्दाेलनकाे बेला मुक्ति या वलिदानकाे महान् संस्कृति नाफाकाे जिन्दगिमा फेरियाे । त्यसकै परिणामस्वरूप गरिएकाे विचारहिन, असैद्धान्तिक र अराजनीतिक गठबन्धनकाे परिणाम जे हुनुथियाे त्यसबाहेक अरू के नै भएकाे छ र ? रगतले लत्पतिएका लालकिल्लाहरूले धरमर-धरमर अझै वर्ग इमान्दारीताकाे धर्म हारेका छैनन् ! लाैराेकाे निलडाम र घण्टीकाे कर्कशा त याे सबै खेलाबाट पैदा भएकाे परिणाम मात्र हाे । अाफ्नाे सर्वश्व हुँदा पनि अाफ्नाे लक्ष्य र उद्देश्यका लागि समर्पित हरिश्चन्द्र सामु देवलाेक पनि झुक्न विवश हुन्छ । अाउनुस् अाफुमाथिकाे, अाफुभित्रकाे युद्ध जित्ने काेशिस गराैं । यतिबेला हामीलाई चाहिएकाे छ- अाफ्नै वर्गप्रतिकाे इमान्दारीता, साहस र विवेक । हाे, फेरि दाेहाेर्याएर भन्न चाहन्छु- इमान्दारीता, साहस र विवेक ।