४ मंसिर कालिकोट ।
आज मंसिर ४ गते तथाकथित निर्वाचनको दिन । कालिकोटका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गाउँपालिका पचल झर्नामा एउटा आतंक फैलियो । उक्त गाउँपालिकाको वडा नं ४ र ५ मा दुईवटा प्राविधिक सामान जनताले देखे र सुरक्षा निकायलाई खवर गरी उनीहरु आउँदा करीव ११ बजे र ती प्रसर कुकर बम भएको थाहा लाग्यो । उक्त बमहरु निष्कृय बनाएपछि मात्रै ढिलो गरी मतदान सुरु गरियो ।
केही समयदेखि उक्त जिल्लामा नेकपा(क्रान्तिकारी माओवादी) र नेकपा(बहुमत)का कार्यकर्ताहरुले संसदीय निर्वाचन बहिष्कारका पोष्टरहरु टास्ने र पर्चाहरु वितरण गरेका थिए । गतहप्ता चुनाव बहिस्कार गर्न आव्हान गर्दै मशाल जुलुस पनि सम्पन्न गरिएको थियो ।