४ मंसीर सर्लाही ।
नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा(बहुमत) ले सर्लाही जिल्लामा केही समयदेखि निर्वाचन बहिष्कारका कार्यक्रमलाईृ संचालन गर्दै आएकोमा आज मंसीर ४ गते उक्त दुवै पार्टीका कार्यकर्ताहरुलाई गिरफतार गरेकोमा नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला इन्चार्ज सन्ध्या प्रधान र जिल्ला सेक्रेटरी सुमन अधिकारीव्दारा निम्न प्रेस बिज्ञप्ति प्रकाशित गरिएको छ :
प्रेस बिज्ञप्ति
हाम्रो गौरवसाली पार्टी नेकपा (क्रान्तिकारी माओवादी) दलाल पुजीवादी ब्यबस्थाको अन्त्य गरि नयाँ जनबादी ब्यबस्था स्थापना गर्न चाहन्छ र चरणवद्ध रुपमा विभिन्न सँघर्स गर्दै आइरहेको सर्बबिदितै छ । यहि मंसिर ४ गते दलाल प्रतिक्रियावादी सरकारद्वारा कथित निर्वाचन घोषणा गरेको र उक्त निर्वाचन शसक्त बहिष्कार गर्ने निति अनुसार विभिन्न एकल तथा संयुक्त सघर्स गर्दै आइरहेको हुदा हाम्रो नेकपा (क्रान्तिकारी माओवादी)पार्टीले शान्तिपुर्ण ढंगले बहिष्कारको अभियान संचालन गर्दै आइरहेको हुदा हाम्रो पार्टीका साथीहरू लाई यो दलाल ब्यवस्थाले घर घरमा जाने धरपकट गर्ने,डर,त्रास,धाक,धम्की दिने र अनावश्यक दुख दिने कार्य गरेको हुदा सो कार्य बन्द गरि हाम्रो साथी लगायत नेकपा बहुमत का ४ जना साथीहरुलाई हिजो सर्लाही जिल्लाको हरिवन बाट गिरफ्तार गरि सर्लाही जिल्लाको सदरमुकाम मलङ्वामा राखिएको हुँदा सम्पुर्ण साथीहरुलाइ बिनाशर्त र अविलम्बन रिहाई गर्न जोडदार माग गर्दछौं ।
सन्ध्या प्रधान सुमन अधिकारी
इन्चार्ज सेक्रेटरी
नेकपा (क्रान्तिकारी माओवादी) सर्लाही
मिति: २०७९.०८.०४