नेकपा(मसाल) साथीहरुको दावी छ — नेकपा(मसाल) अग्रगमनको यात्रामा छ । मोहनविक्रमले गणतन्त्रको रक्षामा जोड दिँदै राजाको वैधानिक वा निरङ्कुश सत्ता वा गणतन्त्रको नाममा फासिवाद वा कसैको सर्वसत्तावादका विरुद्ध सङ्घर्ष गरिरहनु भएको छ । उहाँहरुको तर्क छ —यदि गणतन्त्रभन्दा फासिवाद वा राजाको वैधानिक वा निरङ्कुश शासन अग्रगमन हो भन्ने कसैले राजनीतिक सोचाइ राख्छ भने उहाँको त्यो राजनीतिक मान्यताका आधारमा मोहनविक्रमको राजनीतिक यात्रा प्रतिगमनतर्फको देखिनु स्वभाविक हो । जनताका दुस्मनशक्ति प्रतिगामीहरूले गणतन्त्रलाई प्रतिगमन तथा राजावादी वा फासिवादी शासनलाई अग्रगमन देख्छन् ।(युगदर्शन अनलाइन २०७८ साल माघ )
माथि उल्लेखित भनाइ र सोंच नै माक्र्सवादी—लेनिनवादी दृष्टिकोण अनुसार ठिक ठहर्दैन । किनभने नेकपा(मसाल)को वर्तमान यात्रा संसदवादी यात्रा हो । २०५२ सालदेखि यसले क्रान्तिका लागि न्यून तर दक्षिणपन्थका लागि मनग्य काम लाग्ने मार्ग प्रशस्त गर्दै आएको सत्य हो । विगतमा लामो समय नेकपा(एमाले)को बैशाखीमा टेकेर नेपाली कांग्रेसका विरुद्ध संसदीय यात्रा सुरु गर्दै आएको पार्टीले अहिले पाँच दलीय गठवन्धनमा रहेर “नयाँ यात्रा” सुरु गरेको छ —नेपाली काँग्रेसको रुख चिन्हमा र लोसपाका उमेदवारका लागि छातामा मत मागेर । नेपालको संविधान २०७२को रक्षागर्ने सवालमा उसको यो कसरत देखिन्छ । यसलाई उसले अग्रगमनको यात्रा नामाकरण गरिरहेको छ ।
माक्र्सवादी—लेनिनवादी दृष्टिकोणमा अग्रगमन र प्रतिगमनलाई हेर्ने सवालमा नेकपा(मसाल) नराम्रोसँग चिप्लीएको छ । संसद, संसदीय व्यवस्था र नेपालको संविधान २०७२लाई सधैभरी एउटा क्रान्तिकारी कम्युनिस्टले प्रगतिशील र अग्रगमन देखिरहने कि त्यसबाट अगाडि बढने—नयाँ जनवादी क्रान्ति र वैज्ञानिक समाजवादको स्थापना तर्फ ।
नयाँ जनवादी क्रान्ति र वैज्ञानिक समाजवादको स्थापना तर्फको कार्यदिशा, राजनीति र कार्यनीतिवारे बहस र छलफल नगरी केवल यही संसद, संसदीय व्यवस्था र नेपालको संविधान २०७२लाई सधैभरी अग्रगमन देख्ने र त्यसैका लागि निर्वाचनमा भोट माग्दै(त्यो पनि अरु प्रतिगमनकारी राजनीतिक दलहरुसंग गठवन्धन गरेर ) हिंडने । के यसलाई मोहनविक्रम सिंहको प्रतिगमनतर्फको यात्रा भन्न मिल्दैन ?
मोहनविक्रमले गणतन्त्रको रक्षामा जोड दिएकोलाई महान काम भन्दै गणतन्त्रभन्दा फासिवाद वा राजाको वैधानिक वा निरङ्कुश शासन अग्रगमन हो भनेर घुमाई फिराई नयाँ जनवाद र वैज्ञानिक समाजवादी यात्राले फासिवाद वा राजाको वैधानिक वा निरङ्कुश शासन ल्याउन मद्त गर्छ भनेर गलत व्याख्या गर्दै नेकपा(मसाल)लाई नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र लोसापाको लाइनमा राख्ने यथास्थितिवादको गोलचककरमा राखिरहने काममा लागेको स्पष्ट हुन्छ ।
राष्ट्रिय जनमोर्चाले जनमोर्चा जहिले पनि जनताको आवाज बुलन्द गर्दै आएको छ भन्दै सरकारमा सहभागी भएको अवस्थामा समेत जनमोर्चाबाट मन्त्री भएकाहरूले समेत आफ्नै सरकारले जनता तथा राष्ट्रका विरुद्ध संसदमा प्रस्तुत प्रस्तावको विपक्षमा समेत मतदान गरेको इतिहास बोकेकोमा गर्व गर्दै संसदवादको दलदलमा फसेको स्पष्ट हुन्छ । यसरी नेकपा मसालले प्रतिगमनको बाटो समातेको अर्थात् प्रतिगमनमार्ग तर्फ उक्त पार्टी हिँड्दै गरेको छ ।
नेकपा(मसाल) नेतृत्वको मूल समस्या माओको प्रशिद्ध भनाई विपरितहरु बीचको एकतालाई गलत रुपले बुझनु र त्यसको आधारमा जनवाद र जनवादी केन्द्रीयतालाई व्यक्तिगत स्वार्थमा अपव्याख्या गर्नु हो । उक्त पार्टीभित्र अन्तर संघर्षलाई कार्यान्वयन गर्न सधै असफल देखिनु हो । अन्तर संघर्ष बिना पार्टी जिबित रहन सक्दैन भनेर लेख र दस्तावेजमा खुवै लेख्ने तर कार्यायन्यनमा सधैभरी निषेद्धात्मक पद्धतिलाई अपनाउने ।
सामान्यतया, हाम्रो आफ्नै अनुभव र नेकपाको संक्षिप्त इतिहासको आधारमा भन्नु पर्दा पार्टीमा नेतृत्वले अवलम्बन गरेको गलत कार्यशैलीका कारणले राजनीतिक र बैचारिक मतभिन्नताहरु, असहज परिस्थितिहरू बाहिर आउनेगरेका छन् र त्यसैलाई आफनो व्यक्तिगत पद र प्रतिष्ठाको विषय बनाई फरक मत राख्ने कार्यकर्ता तथा नेतामाथि अनुशासनको डण्डा बर्साउनेमा मोहनविक्रम सिंहको इतिहास विवादित रहँदै आएको छ ।
रायमाझी काल( २०१३–२०१७) पछि भेला, सम्मेलन , महाधिवेशन, न्युक्लस गठन वा चौथोमहाधिवेशन काल वरिपरि मात्रै होइन त्यसपछि पनि पार्टी नेतृत्व स्वयंले पार्टी अनुशासनको मुल्यमान्यता माथी निर्ममप्रहार गरिदै आएको इतिहास छ । नेकपा(मसाल)बाट विद्रोह गरेर नेकपा(मशाल) बन्नुको पछाडि रहेको दक्षिणपन्थी निषेद्धात्मकताले काम गरेको स्पष्ट छ ।
मसालको मुलनेतृत्वले सधैभरी पार्टीलाई सैद्धान्तिक रूपमा सही राखेको दावी गरेपनि व्यवहारिक रूपमा पार्टी पुरै संसदवादी दिशामा उन्मुख स्पष्ट छ तर त्यस कुराको सुईको सम्म थाहा नलिने वा थाहा नभएको नाटक गर्ने नेकपा(मसाल)भित्रका स्वयं नेता, कार्यकर्ता विद्यमान छन् । केपी ओलीको प्रशंसा गरेको नथाकेको नेतृत्व र अहिले नेपाली काँग्रेसको नेतृत्वमा पाँच दलीय गठवन्धनलाई महान उपलब्धी भनेर व्याख्यागर्दा नी ताली बजाउनेहरुमा देखिएको माक्र्सवादी—लेनिनवादी दृष्टिकोणमा आएको हस भन्दा अन्यथा ठहर्ने छैन ।
यसरी क्रमिक रुपमा बुर्जुवाकरण हुँदै गएको नेकपा(मसाल)को नेतृत्वले अनुशासनका नाममा आफ्ना स्वच्छाचारी, अधिनायकवादी र प्राधिकारबादी प्रवृत्तीलाई पार्टी भित्र स्थापित गर्दै लगेको स्पष्ट देखिन्छ । नेकपा(मसाल)भित्र यस्ता दर्जनौं उदाहरणहरु छन् जसको बारेमा कार्यकर्ताले स्वयं मोहनविक्रम सिहसँग प्रश्न उठाउदा समेत सिधा र प्रष्टजवाफ प्राप्त गर्न सकेका छैनन् ।
यद्धपि त्यसो त अनुशासन तल्ला कमिटीहरुले पनि मिच्ने वा उल्लंघनगर्ने गर्द छन् । तैपनि ति तल्लो स्तरमा हुने अनुशासन बिपरितका गतिविधिले पार्टीको राजनीतिकलाइनको उल्लंघन गरेको हुदैनन् । उनीहरुले सामान्यतया निर्देशनहरु नमान्ने, निर्णयहरुको कार्यान्वयनमा उदासीन्ता प्रकट गर्ने मात्रै हो । त्यस प्रकारका गल्ती कमजोरी वा अनुशासनको उल्लंघनले पार्टीलाइ धेरै क्षेती हुदैन तर मुल नेतृत्वले नै अनुशासनको उल्लंघन गरे पछिको पिडाकस्तो हुन्छ ? नेकपा(मसाल)को टुटफुट र विभाजनको र ७४ बर्षे कम्युनिस्ट आन्दोलनले भोगेकै छ ।
नेकपा ( मसाल) को नेतृत्वले वारम्वार क्रान्तिकारी स्पिृटलाई पक्रेर अधि बढ्ने प्रण गर्ने गर्दछ र आम पार्टी कार्यकर्ता, नेता र पार्टी सदस्यहरुले त्यो कुरामा विश्वास पनि गर्ने गरेका छन् । केही बर्षदेखि खासगरी २०५२ सालदेखि, जब त्यसले ओलीको सहयोगमा संसदमा संसदीय सुख सुविधाको रसस्वादन लिन थाल्यो, बैचारिक धरातलबाट चिप्लिन थालेको नेतृत्वले अनुशासनको नाममा जनबादी केन्द्रीयताको माध्यमबाट जनवादलाइ कम्जोर बनाउदै र केन्द्रीयतालाइ मजबुत बनाउदै र पार्टीलाई दक्षिणपन्थी संशोधनवादको दलदलबाट उम्कनै नसकने गरी फस्दै गएको छ र क्रान्तिकारीहरुलाई अनेक थरिका आरोप लगाउने काम गर्दैछ ।
पर्टीको आठौं महाधिवेशनपछि त मोहनविक्रम सिंहका अगाडि पाँच दलीय गठवन्धनसंगै लतारिनुको विकल्प देखिदैन । अहिले उहाँले यो अबधिमा जनबाद माथी पुरै बन्देज लगाउदै र जनबाद माथी आधारित हुनुपर्ने केन्द्रियताको अनिवार्यतालाइ नै लत्यैदिएर अगाडी बढि रहेको छ र पार्टी बिभाजन सम्मको मार्गचित्र कोरेको स्पष्ट हुन्छ । पुरै सिङ्गो कम्युनिस्ट पार्टीको इतिहासमा महाधिवेशनद्वारा पारित दस्तावेजहरुलाई नेतृत्वले आफुखुसि थप घट गरेको भनेर विद्रोही नेकपा(मशाल)ले आरोप लगाइरहेको छ — थप जानकारी लागि ‘आठौं महाधिवेशनका दस्तावेजमा नेतृत्व द्वारा गरिएका परिवर्तनहरु‘ विमल शर्मा आकाश द्वारा लिखित बुकलेट हेर्नुहोस ।
मसालको मुल नेतृत्व अहिले इतिहासमै अप्ठयारो अवस्थामा छ—प्रथम आठौं महाधिवेशनबाट पारित संसोधनबादी नीतिको कार्यान्वयनमा उसलाई निकै नै कठिनाइ झेल्नुपरेको छ । नेतृत्वले पार्टीभित्रका क्रान्तिकारी कार्यकर्ताले पत्तोनपाउने गरि यो नीति लागु गर्ने काम गर्नु पर्ने वाध्यता छ । तर पार्टीभित्रको ठुलो पंक्तिले उसको यो षड्यन्त्रको पहिचान गरिसकेका छन् । जसको परिणाम
दोसो अहिले एकातिर कार्यकर्ताको अगाडी क्रान्तिकारीता प्रदर्शन गर्नु परिरहेको छ , अर्कोतिर पार्टीको पारित दक्षिणपन्थी नीतिको कार्यान्वयन पनि गर्नु पर्ने वाध्यता छ । यि दुबै काम परस्पर बिरोधि भएकोहुनाले पनि नेतृत्वलाई अहिले सकश पर्नु स्वाभाविक हो ।
तेसो एकातीर अनुशासनको कुरा गरेर कार्यकर्ता सँग क्रान्तिकारी देखिनु परेको छ भने त्यही अनुशासनको कहिँ कतै न कतै उल्लंघन आफै नगरेसम्म प्राबिधिक बहुमतद्वारा पारित दक्षिणपन्थी नीति लागु गर्न संभब नै देखिदैन । त्यसैको परिणाम आज मोहनविक्रम सिंहको मुल नेतृत्वले आफ्नो विगतको क्रान्तिकारी छवी विरुद्धमा दृढता पुर्वक खडा हुन पुगेको छ । पाँच दलीय गठवनधन यसैको परिणाम हो ।
नेपाली काँगेस एउटा सामन्त दलाल पुजिपति बर्गको प्रतिनिधित्व गर्ने पार्टी हो । यसको धर्म नै जनतन्त्र, रास्ट्रियता वा जनताका ब्यापक हितहरुका विरुद्धमा दृढता साथ उभिनु हो भनेर वारम्वार कार्यकतालाई स्कुलिंग गर्दै आएका मोहनविक्रम सिंह, आफूले पाउने २ सिटसंग पाँच दलीय गठवन्धननमार्फत संसदमा काँग्रेसको बहुमत ल्याउन जनतासँग मत माग्दै नेकाँसंग घाटी जोडेर हिडेको देखिन्छ ।
नेपालका क्रान्तिकारी कम्युनिस्टहरुसँग नभै आज तिनीहरु राष्ट्रघाती र जनघातीसँग नै एउटै कमिटीमा बसेर काम गदैृ छन् । यसरी एउटा क्रान्तिकारी पार्टीले अहिलेको खुल्ला परिस्थितिमा देश र जनताको ब्यापक हित, जनतन्त्र एवं रास्ट्रियताको संघर्ष मार्फत नयाँ जनबादी क्रान्ति र बैज्ञानिक समाजबादी आन्दोलनको प्रचार प्रसार गर्नु पर्ने आवश्यकता हो । तर मसाल नेतृत्वले क्रान्तिकारी कुरा गर्ने, बर्गिय आन्दोलनको कुरा गर्ने सबै नेता कार्यकर्ताहरुलाई छानीछानी कारबाही गर्ने र नेपालका अन्य क्रान्तिकारी पार्टीहरुसंग भावी क्रान्तिको कार्यदिशावारे बहस र छलफललाइृ महत्वहीन देने काम गरेको छ । विद्यमान व्यवस्थालाई काखिच्यापेर नेपाली काँग्रेसका ेभागबन्डामा लुट्पुटिनुलाई अग्रगमनकारी कार्य भनिरहेको छ ।
यो ब्यबस्था प्रतिक्रियावादी व्यवस्था हो भन्न नेकपा (मसाल) नेतृत्वले चाहादैन । यसो गरेर न्युनतम पुँजीवादीहरुले जत्तिकै नैतिकता , इमानदारिता र अनुशासनको समेत पालना गर्न सकिरहेको पाइदैन ।
नेतृत्वले एकातिर लेख,भाषण र बक्तब्यहरु मार्फत हामी सारकारमा छैनौं, हामी बिपक्षमा छौ भनेर कुर्लिरहेको छ भने अकोृतीर ५ दलिय गठबन्धनको भागबन्डामा परेका सबै बिलो लिएर न्युनतम पुँजीवादी नैतिकता र अनुशासनको समेत खिल्ली उडाइरहेको छ ।
एउटा क्रान्तिकारी पार्टीका लागि यो बुर्जुवा लोकतान्त्रिक वा संसदीय प्रणाली आधारभुत रुपले एउटा प्रतिक्रियावादी ब्यबस्था नै हो । आज यही प्रतिक्रियाबादी ब्यबस्थाको रक्षाका लागी निरन्तर काम गर्नुलाई नेतृत्वले क्रान्तिकारी काम बताई रहेको छ । आज एउटा प्रतिक्रियावादी ब्यबस्थाको संरक्षक बनेर उभिएका नेपाली काँग्रेस, नेकपा(एमाले), माओवादी केन्द्रजस्ता पार्टीहरुले यही ब्यबस्थामा सर्वस्व देखेका छन् र त्यसकारण त्यस्ता पार्टीहरुले यो ब्यबस्था जोगाउन मरिहत्ते गर्नुलाई सामान्य रुपमा लिनसकिन्छ परन्तु आफुलाई धुरन्धार खाट्टि क्रान्तिकारी बताउने मसाल नेतृत्वले समेत अनन्तकालसम्म यो गणतन्त्र धर्म निरपेक्षता जस्ता कुराको आडमा यही ब्यबस्थाको संरक्षणमा लाग्नुपर्छ भन्नु के क्रान्तिकारी अनुशासन हो त ? । त्यो त गैर–जिम्मेवारीपन र क्रान्ति प्रतिको बेइमानी हो । अनुशासनबिहिनता होइन ? त्यसो गरेर अधि बढ्नु के राजनितिक ठगि होइन ? । के यो क्रान्तिकारी चरित्रको घृणित प्रकारले पतन हुदै गरेको एक नमुना होइन ? के यसले नेकपा(मसाल)को अग्रगमन यात्राको गन्तब्य प्रतिगामी छ भनेर प्रमाणित अरु कसरतको आवश्यकता पर्ला ?
hukumsingh2012@Yahoo.com