देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको जिल्ला अध्यक्ष र मोर्चाको जिल्ला सचिव गिरफतार

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको जिल्ला अध्यक्ष र मोर्चाको जिल्ला सचिव गिरफतार

३ मंसीर सिन्धुली ।
संघीय र प्रादेशिक निर्वाचन दुवै सशक्त बहिष्कार गर्न आव्हान गर्दै आएको नेकपा(क्रान्तिकारी माओवाद)िका नेता तथा कार्यकर्ताहरुलाईृ गिरफतार गर्न यो सरकार लागि परेको छ ।
यसै शीलशीलामा नेकपा(क्रान्तिकारी माओवादी) निकट देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका सिन्धुली जिल्ला अध्यक्ष ढक प्रसाद देवकोटालाई यही मंसीर ३ गते उहाँकै घर कमलामाई नगरपालिकाको खट्टारबाट प्रहरीले पक्राउ गरेको । त्यसैगरी देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका जिल्ला सचिव बालकृष्ण थापालाई पनि गिरफतार गरिएको छ ।
उहाँहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राखिएको जानकारी नेकपा(क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य तथा जिल्ला इन्जार्चा जीवनले बताउनु भयो ।