२८ कार्तिक रुपन्देही ।
रुपन्देहीका विभिन्न चोकहरुमा निर्वाचन बहिष्कारका कोणसभाहरु सम्पन्न
गरिएका छन ।
ती सबै कोणसभाहरुमा नेकपा (क्रान्तिकारी माओवादी, नेकपा(मशाल), र ती दुवै पार्टीहरु निकट विद्याथी संगठन अखिल (क्रान्तिकारी) र अखिल (छैठौं)का नेताहरु तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।
यसरी निर्वाचन बहिष्कारका कोण सभाहरु सम्पन्न गरिएका रुपन्देहीका ठाउँहरुमा क्रमस: सालझण्डी, रामापुर, मुर्गिया, बेलभारिया, रुद्रपुर र हरैया छन् ।
यी सबै ठाउँहरुमा मंसीर ४ गतेको निर्वाचन बहिष्कार गर्न आम जनतालाई आव्हान गरिएको छ । साथै संसारका श्रमजीवी तथा उत्पीडित जनता एक हौ ! नयाँ जनवादी क्रान्तिको आधार तयार पारौ ! जस्ता नाराहरु लगाइएका छन् । ती सबै कोणसभाहरुका वक्ताहरुमा नेकपा(मशाल)का महासचिव शन्तबहादुर नेपाली, नेकपा(क्रान्तिकारी माओवादी का केन्द्रीय सल्लाहाकर तथा जिल्ला इन्चाजर्, अखिलका केन्द्र्रीय नेताहरु दिलबहादुर चुदारा, दिपक पौडेल, एकदेव पौडेल, मनिराम सापकोटा आदि थिए ।