काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिदै गर्दा नेकपा (क्रान्तिकारी माओवादी)ले देशव्यापी रुपमा निर्वाचन बहिस्कार आन्दाेलनलाई तीव्र पारेकाे छ । अन्य प्रदेशमा जस्तै क्रान्तिकारी माओवादीले प्रदेश १ मा पनि निर्वाचन बहिस्कार आन्दाेलनलाई तीव्रता दिएकाे छ । पार्टीका प्रदेश १ का सेक्रेटरी सरलले दिएकाे जानकारी अनुसार प्रदेशका सबै जिल्लामा निर्वाचन बहिस्कारका २० हजार पर्चा वितरण गरिएकाे छ भने दस हजार पाेस्टर टाँसिएकाे छ । विशेषगरी पुर्व पश्चिम राजमार्गमा पाेस्टरिङ केन्द्रित गरिएकाे छ ।
प्राप्त जानकारी अनुसार बिराटनगरमा क्रान्तिकारी माओवादीसहित चार पार्टीको संयुक्त आयाेजनामा बहिस्कारसभा सम्पन्न गरियाे भने क्रान्तिकारी माओवादीले एकल रुपमा प्रदेशका विभिन्न जिल्लामा १४ वटा काेणसभा र ३४ वटा पिढीसभा सम्पन्न गरेकाे छ । ४० वटा स्थानीय तहमा घरदैलाे कार्यक्रम समेत सम्पन्न गरेकाे छ ।
निर्वाचन आन्दाेलनकै बीचमा असोज २९-३०-३१ मा अनेकि महासंघ (क्रान्तिकारी)काे प्रदेश स्तरी प्रशिक्षण र किसान जागरण तथा बहिस्कार अभियान सञ्चान गरियाे । यसी बीचमा भएका निर्वाचन बहिस्कार कार्यक्रमका अवसरमा जनसहभागिता र पार्टी प्रवेश गर्ने काम समेत भएका छन् ।
चार चरणमा सम्पन्न गर्ने गरि थालिएकाे बहिस्कार आन्दाेलन कार्तिक ३० गतेबाट चाैथाे चरण सुरु हुने पनि सेक्रेटरी सरलले जानकारी दिनुभयाे ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर