प्रहरी हस्तक्षेपका बाबजुद बुटवलमा अखिल क्रान्तिकारीहरुको निर्वाचन बहिष्कार जुलुस र सभा सम्पन्न

प्रहरी हस्तक्षेपका बाबजुद बुटवलमा अखिल क्रान्तिकारीहरुको निर्वाचन बहिष्कार जुलुस र सभा सम्पन्न

कार्तिक २७ बुटवल ।
नेकपा क्रान्तिकारी माओवादी र नेकपा बहुमत निकट अखिल क्रान्तिकारीहरुको निर्वाचन बहिष्कार जुलुस र सभा प्रहरी हस्तक्षेपका बाबजुद बुटवलमा सम्पन्न भएको छ ।


बुÞटवल उपमहानगरपालिका देखि जुलुसले नारा लाउदै बुÞटवलकै पुरानो बसपार्कमा कोण सभा गरि निर्वाचन बहिष्कार कार्यक्रम सम्पन्न गरिएको जानकारी प्राप्त भएको छ ।


सयौ विद्यार्थीहरुको सहभागिता रहेको उक्त कोणसभालाई नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीका केन्दीय सदस्य दिल बहादुर चुदाराले सम्वोधन गर्नु भएको थियो भने कार्यक्रमको संचालन नेकपा बहुमत निकÞट अखिल क्रान्तिकारीका पारस राहाडि मगरले गर्नु भएको थियो ।


जुलुस र कोण सभामा पार्टी र विद्याथीहरुका सदस्यहरुको सहभागिता थियो । जुलुस र कोण सभामा गरिएको प्रहरी हस्तक्षेपलाई छिचोल्दै निर्वाचन बहिष्कार कार्यक्रम सम्पन्न गरिएको अखिल क्रान्तिकारीका केन्दीय सदस्य दिल बहादुर चुदाराले बताउनु भयो ।