प्रहरी दमनको प्रतिवाद गर्दै पोखरा मनपाका विभिन्न वडाहरुमा बहिष्कार सभा सम्पन्न

प्रहरी दमनको प्रतिवाद गर्दै पोखरा मनपाका विभिन्न वडाहरुमा बहिष्कार सभा सम्पन्न

२५ कार्तिक पोखरा ।
४ नम्बर प्रदेशको राजधानी पोखरामा नेकपा (क्रान्तिकारी माओवादी) , नेकपा बहुमत , नेकपा मशाल सहितका ४ कम्युनिस्ट पार्टीहरुद्वारा कास्की जिल्लाको आयोजनामा गरिएको संसदीय निर्वाचन बहिष्कार कार्यक्रमहरु प्रतिक्रियावादी राज्य व्यवस्थाले गरेको कडा हस्तक्षेपलाई चुनौती दिदै, स्थानिय प्रहरी प्रशासनसँग जुद्दै पोखरा महानगर पालिकाका विभिन्न स्थानहरुमा नारा, जुलुस र सभाहरु भव्यरुपमा सम्पन्न गरेका छन् ।
पोखरा महानगर पालिका वडा नम्बर ३१ को बेगनासतालमा आयोजित पहिलो सभा भव्यरुपमा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का पोलिट ब्युरो सदस्य एवंम ४ नम्बर प्रदेश इन्चार्ज अशोक लम्सालले यो प्रतिक्रियावादी संसदिय निर्वाचनलाई सशक्त रुपमा बहिस्कार गर्नु पर्ने कुरामा जोड दिदै यो संसदिय व्यवस्थाको बिकल्प संघिय जनगणतन्त्र हो त्यसको निम्ति जनता नै सक्रिय रुपमा बहिस्कारमा लाग्नु पर्छ भन्नु भयो । त्यसै गरि नेकपा बहुमतका कास्की जिल्ला इन्चार्ज गोकुल पराजुलीले यो संसदिय निर्वाचनलाई अवज्ञा गरेर जानु पर्छ । कसैले पनि मतदान नगरौ र पूणर्रुपमा असफल बनाउ भन्नु भयो । कार्यक्रमको सन्चालन नेकपा मशालका जिल्ला सदस्य दिपक गुरुङ्गले गर्नु भएको थियो ।


पोखरा महानगर पालिका वडा नम्बर २७ को तालचोकमा आयोजित दोस्रो सभा प्रहरीको व्यापक दमन र कडा हस्तक्षेपलाई चनौती दिदै सन्चालन गरिएको उक्त सभालाई नेकपा –मशाल)का कास्की जिल्ला प्रवक्ता बिक्रम थापाले यो संसदिय व्यवस्था असफल भैसकेको कुरा बताउदै यो चुनावलाई सक्रिय रुपमा बहिस्कार गरेर असफल बनाउनु पर्ने कुरामा जोड दिनु भयो ।


शान्तिपूणर् रुपमा सभा सञ्चालन भैरहेको बेला प्रहरीले व्यापक दमन र कडा हस्तक्षेपको प्रयत्न गरे पछि उक्त हस्तक्षेपको विरुद्ध सबै पार्टीका नेताहरु, कार्यकर्ताहरु र जनताहरु प्रतिवादमा उत्रेका थिए । त्यही विवाद्का विचबाट प्रहरी दमन बन्द गर, अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौं, दलाल संसदिय व्यवस्था मुर्दावाद भन्दै नारा लगाउदै वजताको व्यापक सर्मथनमा सभा सानदार रुपमा सम्पन्न भएको थियो ।


पोखरा महानगर पालिका वडा नम्बर २६ को बुढीबजारमा तेस्रो सभा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का कास्की जिल्ला सेक्रेटरी भिम बहादुर श्रीसले यो संसदिय निर्वाचनलाई जनताले नै असफल बनाउनु पर्छ र जनताको जन संघर्षले मात्रै संघिय जनगणतन्त्र स्थापना गर्न सकिन्छ भन्नु भयो । नेकपा बहुमतका कास्की जिल्ला इन्चार्ज गोकुल पराजुलीले यो निवाचनमा सहभागी नहुन सम्पूणर् देशभक्त सचेत नेपाली नागरिकहरुलाई आव्हान गर्नु भयो । कार्यक्रमको सञ्चालन नेकपा मशालका कास्की जिल्ला प्रवक्ता बिक्रम थापाले गर्नु भएको उक्त कार्यक्रमा विभिन्न पार्टीका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।