२३ कार्तिक काठमाडौं ।
नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) हरुले त्रिचन्द्र क्याम्पसको गेटमा निर्वाचन बहिष्कार कार्यक्रमको व्यानर टाँगेका छन् ।
ती विद्यार्थी संगठनहरुले निर्वाचन बहिष्कार किन गर्ने भनेर पाँच बूदासहितको व्यानर क्याम्पसको गेटमा टाँगेका हुन् ।
यो संसदीय निर्वाचन जनताको पक्षमा नभइ भ्रष्टचारी, माफिया, दलाल र ठेकेदारहरूको पक्षमा भएकाले आम जनताहरूले बहिष्कार गर्नु पर्ने अखिल क्रान्तिकारी उपाध्यक्ष शिलु न्यौपानेले बाताउनु भयो ।
उहाँले भन्नु भयो “यो निर्वाचन जनताको लागि होइन । कसरी हुन्छ सत्तामा पुगेर राज्य सत्ताको दोहोन गर्नलाइ नाटक मात्र गरिएको हो । आम जनताले बुझि सकेका छन्, त्यसैले यो निर्वाचन सक्रिय बहिष्कार अभियानमा सहभागी भइदिन सम्पूर्णमा आग्रह गर्छु । ”उहाँले भन्नु भयो ।
यसमा जोड दिँदै उहाँले भन्नु भयो “शान्तिपूर्ण रूपमा बहिष्कार/ अवज्ञ गर्न पाउनु पर्ने सबैको अधिकार भए पनि प्रशासनले धड्पकट गरिरहेको छ । आ विहान मात्र बहुमत निकट विद्यार्थीका केन्द्रीय सदस्य विरेन्द्र नेपालीलाइ पक्राउ गरिएको छ। हामी प्रशासनलाइ भन्छौ उँहालाइ तत्काल रिहाइ गरियोस् होइन भने आन्दोलन गर्न बध्य हुने नगरियोस्