काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले संघीय तथा प्रादेशिक संसदीय निर्वाचनको शान्तिपूर्ण ढंगबाट बहिस्कार गर्ने क्रममा राखिएका प्रचारप्रसारका कार्यक्रमहरुमाथि देशका विभिन्न भागहरुमा भइरहेको र यसै क्रममा बाँकेमा भएको प्रशासनिक हस्तक्षेप, दमन तथा धरपकडको क्रान्तिकारी माओवादीले घोर विरोध गरेको छ । र, यसप्रकारका हस्तक्षेपकारी तथा दमनात्मक गतिविधि तुरुन्त बन्द गर्न सरकारसँग जोडदार माग गरेको छ । पार्टीका प्रवक्ता प्रतीकले बुधबार (आज) जारी गरेको वक्तव्यमा यदि सरकार दमन तथा हस्तक्षेप कै दिशामा अगाडि बढ्दछ भने त्यसबाट उत्पन्न परिणामको जिम्मेवारी स्वयंम सरकार नै हुने चेतावनी समेत दिइएको छ ।

वक्तव्यमा भनिएको छ, “आगामी मंसिर ४ गते हुन गईरहेको संघीय तथा प्रादेशिक संसदीय निर्वाचनको शान्तिपूर्ण ढँगबाट बहिष्कार गर्ने क्रममा राखिएका प्रचारप्रसारका कार्यक्रमहरुमाथि देशका विभिन्न भागहरुमा भइरहेको र यसै क्रममा बाँकेमा भएको प्रशासनिक हस्तक्षेप, दमन तथा धरपकडप्रति हाम्रो पार्टीको गंभीर ध्यानाकर्षण भएको छ ।

हार्दिक शुभकामना !

काठमाडौं, अर्धाखाँची, गुल्मी, कपिलबस्तु, दाङ, काभ्रे, मोरङ, बैतडी, सुर्खेत, रामेछाप लगायत देशैभरि जनतामा निर्वाचन बहिष्कार गर्न आव्हान गरिएका स्थानीय कार्यक्रमहरुमाथि सरकारद्वारा हस्तक्षेप गर्ने, नेता तथा कार्यकर्ताहरुलाई कुटपीट गर्ने, गिरफ्तार गरी हिरासतमा राख्ने, माइकहरु भाँचि दिने, पर्चा र पोस्टर खोस्ने जस्ता गैर लोकतान्त्रिक काम तथा गतिविधि संचालन गर्ने काम भइरहेका छन् । निर्वाचनको समयमा निर्वाचनमा सहभागी हुनु वा त्यसलाई बहिष्कार गर्नु कुनै व्यक्ति, जनता वा पार्टीको मौलिक अधिकार हो । आफैंले घोषणा गरेको संविधानको पनि उल्लंघन गरेर सरकार फासिवादी नीतिमा अगाडि बढेको छ । तसर्थ हाम्रो पार्टी यसप्रकारका हस्तक्षेपकारी तथा दमनात्मक गतिविधि तुरुन्त बन्द गर्न सरकारसँग जोडदार माग गर्दछ । यदि सरकार दमन तथा हस्तक्षेप कै दिशामा अगाडि बढ्दछ भने त्यसबाट उत्पन्न परिणामको जिम्मेवारी स्वयंम सरकार नै हुने छ । ”

प्रतिक्रिया

सम्बन्धित खवर