बर्दियामा निर्वाचन बहिष्कार आन्दोलनका सक्रिय ६ जना गिरफ्तार

बर्दियामा निर्वाचन बहिष्कार आन्दोलनका सक्रिय ६ जना गिरफ्तार

बर्दिया – नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य लक्ष्मी चौलागाई सहित ६ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । संसदीय निर्वाचन बहिष्कार अभियानका सक्रिय नेतृ चौलागाई सहित अखिल(क्रान्तिकारी)का केन्द्रीय सदस्य मनोज थापा , नेवा मोर्चाका चन्द्रमान मानन्धर , बिनय कुमार, चक्र खत्री, कुशदेव गौतम लगायतलाई जिल्लाको बढैयातालको फुटहाबाट प्रहरीले गिरफ्तार गरेको हो । बुधवार बिहान पक्राउ परेको उहाँहरुलाई ईलाका प्रहरी कार्यालय मैनापोखरमा राखिएको छ । शान्तिपुर्ण रुपमा भेला हुन पाउने मौलिक अधिकारको हनन् गर्दै प्रहरीले पक्राउ गरेको भन्दै स्थानीयले प्रहरी प्रशासनको आलोचना गरेका छन् ।