प्रहरीव्दारा बर्दियामा क्रान्तिकारी माओवादीको बहिष्कार अभियान समूहलाइ गिरफ्तार

प्रहरीव्दारा बर्दियामा क्रान्तिकारी माओवादीको बहिष्कार अभियान समूहलाइ गिरफ्तार

२३ कार्तिक बर्दिया /
५ नम्बर प्रदेशमा नेकपा(क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य लक्ष्मी चौलागाईंको नेतृत्वमा रहेको चुनाव बहिष्कार अभियान समुहका ६ जनालाई बर्दियाको मैनापोखर इलाका प्रहरी कार्यलयबाट गएको प्रहरी गस्तीले बर्दियाको फुटाहाबाट गिरफ्तार गरि मैनापोखर ईलाका प्रहरी कार्यालयमा पुर्याएको छ ।
आज बिहान भोलागौरीबाट अभियानमा हिडेको उक्त समूह फुटाहा पुगेपछि ३ जना प्रहरीको समुहले अगाडी कार्यक्रमका बारे जानकारी गराएपछि पार्टी केन्द्रीय सदस्य लक्ष्मी चौलागाईं, अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य मनोज थापा, बिनय कुमार रैदास, चक्रबहादुर खत्री, कुश देब गौतम, चन्द मान मानन्धर लगायत ६ जनालाई गिरफ्तार गरि मैनापोखर ईलाका प्रहरी कार्यालयमा राखेको कुरा स्रोतले बताएको छ ।