सिन्धुली जिल्लामा पनि संसदीय निर्वाचन सशक्त बहिष्कार अभियान संचालन

सिन्धुली जिल्लामा पनि संसदीय निर्वाचन सशक्त बहिष्कार अभियान संचालन

२१ कार्तिक सिन्धुली ।
सिन्धुली जिल्ला मरिण गाउँपालिकाको सान,कपिलाकोट, छाप, बाह्रबिसे लगायत वडाहरुमा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) सिन्धुली जिल्ला समितिको आयोजनामा मंसीर ४ गते हुने भनिएको संसदीय निर्वाचन सशक्त बहिष्कार अभियान दलको आयोजना मा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी ) सिन्धुली जिल्ला ईन्चार्ज तथा पार्टी केन्द्रीय समितिको सदस्य जीवनको नेतृत्वमा देशभक्त जनगणतान्त्रिक मोर्चाको जिल्ला अध्यक्ष ढक प्रसाद देवकोटा र मरिण गाउँ पालिकाको सेक्रेटरी बुद्धि बि क र इलाका सदस्य गोरख बुढाथोकी लगायतका साथीहरु पर्चा वितरण र पोष्टर टाँस्ने ब्यानर टाङ्ने कार्य भैरहेको कुरा पार्टी ईन्चार्ज जिवन ले बताउनुभयो ।


सोही क्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको जिल्ला उपाध्यक्ष एबम् दुधौली नगर पालिका ईलाका अध्यक्ष बीर बहादुर बुढाथोकीलाई आफ्नो घरमा बसिरहेको समयमा पुलिसले उहाँलाई पक्राउ गरेर लगेको खवर प्राप्त भएको छ ।