काठमाडौं । वृहत् नागरिक आन्दोलनको सहयोगमा संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले मार्टिन चौतारीको सभाहलमा सोमबार मूलधारका मिडियाका सम्पादकहरुसँग एक अन्तक्र्रियात्मक कार्यक्रमको आयोजना ग¥यो । अन्तरक्रियात्मक कार्यक्रमको निचोड निकाल्दै वृहत् नागरिक आन्दोलनका नेता संजीव उप्रतीले भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीप्रति राज्य र नागरिक स्तरमा समेत पूर्वाग्रही दृष्टिकोण रहेको भन्दै त्यस्तो पूर्वाग्रही दृष्टिकोण र भाष्य बदल्न मिडियाहरुको भूमिका आवश्यक रहेको बताउनु भयो । आफ्नो अध्ययनमा सुकुम्बासीहरुलाई हेर्ने र बुझ्ने दृष्टिकोण र मानसिकता अहिले पनि पचास बर्षअघिको जस्तो रहेको पाइएको चर्चा गर्दै उप्रेतीले सुकुम्बासीहरुलाई दोस्रो दर्जाको नागरिकको जस्तो राज्यले व्यवहार गर्न नहुने र राज्यको यस्तो व्यवहारले लोकतन्त्रलाई नै उपहास गर्ने र लज्जित तुल्याउने विचार पनि व्यक्त गर्नुभयो । र, राज्य आफैले बनाएका कानुन, नियमावलीको कार्यान्वयनप्रति उदासिन हुन नहुनेमा जोड दिनुभयो ।
वृहत् नागरिक आन्दोलनका अर्का नेता तथा बरिष्ठ पत्रकार नारायण वाग्लेले सहजीकरण गर्नुभएको अन्तक्र्रियामा सुकुम्बासीहरुका माग, समस्या, राज्यको उदासिनता, सुकुम्बासीहरुका विरुद्ध फैलाइएका भ्रमका विषयमा संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका कार्यबाहक अध्यक्ष नारायण परिश्रमीले विषय प्रस्तुत गरेपछि मिडियाका सम्पादकहरुले सुकुम्बासीहरुले आफ्नो अधिकार प्राप्तिका लागि दलभन्दा माथि उठेर एकताबद्ध भएर आन्दोलित हुनुपर्ने सुझाब दिनुभएको थियो । उहाँहरुले सुकुम्बासीहरुकै दलीय संलग्नताले गर्दा पनि यो समस्या समाधान हुन नसकेको हो कि भन्दै आफ्ना माग पूरा गराउन सबै सुकुम्बासीहरुलाई एकताबद्ध भएर आवाज उठाउन सुझाब दिनुभयो । उहाँहरुले आवासको अधिकार मानवअधिकारको समेत आधारभूत विषय भएकाले अन्तर्राष्ट्रिय मानव अधिकार संघ संस्थाहरुसम्म पनि आफ्ना मागहरु पु¥याउन पनि सुझाव दिनुभयो ।
मोर्चाका अध्यक्ष परिश्रमिले भूमि ऐन, कानुन, नियमावली र कार्यविधि समेत बनाइसकेको अवस्थामा त्यसको कार्यान्वयनप्रति राज्य र राज्यका निकाय उदासिन रहेको र सुकुम्बासीहरुलाई लालपूर्जा दिने विषयमा राज्य र राजनीतिक पार्टीहरुको मनसाय नै सकारात्मक नपाइएकोले आफूहरु आन्दोलित हुन बाध्य हुँदै गएको बताउनु भएको थियो । उहाँले जोखिमरहित स्थानमा सोही स्थानमा र जोखिमयुक्त स्थानका सुकुम्बासीहरुलाई उपयुक्त स्थानमा भूमिमाथिको अधिकार सुनिश्चित हुने गरी वैकल्पिक व्यवस्थापन गर्नुपर्ने माग नै मोर्चाको माग भएको प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा उहाँले अधिकार सम्पन्न बागमती सभ्यताले सिनामंगल प्रयागघाटका सात घर सुकुम्बासीलाई हटाउन पटक पटक सूचना टाँसेर आतंकित बनाएको भन्दै ब्युटिफिकेसनका लागि विना उपयुक्त विकल्प सुकुम्बासीहरुलाई उठिबास लगाउन पाइन्छ ? भनेर प्रश्न गर्नुभयो । उहाँले मिडिया भनेको आवाजविहीनहरुको आवाज भएको भन्दै मिडियाहरुले सत्यतथ्य कुरा बुझेर समाचार सम्प्रेषण गदिए आफूहरुप्रति न्याय हुने थियो भन्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा सम्पादकहरुले उठाएका प्रश्नको जवाफ मोर्चाका अध्यक्ष परिश्रमीका साथै महासचिव अर्जुन कुँवर, प्रवक्ता स्मिता आचार्य, नेपाल बसोबासका महासचिव राजु तामाङले दिनुभएको थियो । निर्वाचन लगत्तै यस्तो अन्तरक्रियालाई अझ वृहत बनाउँदै लजाने वृहत् नागरिक अन्दोलनका नेता नारायण वाग्लेले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वसभापति विष्णु निष्ठुरी, बाह«खरीका प्रधान सम्पादक प्रतिक प्रधान, नागरिक दैनिकका सम्पादक गुणराज लुइटेल, सेतोपाटीका सम्पादक सुदीप श्रेष्ठ, उकालो डटकमका प्रधानसम्पादक अजयभद्र खनाल, सिआइएनका लक्ष्मण कार्की, अनलाइन खबरका सागर बुढाथोकी, चेत्लुङका प्रणेता, सम्पूर्ण मिडियाका आइबी राउत लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा वृहत् नागरिक आन्दोलनका नेता हिमांशु घिमिरे र संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका पदाधिकारीहरु, मोर्चाका संस्थापक नेता हुकुमबहादुर लामा, भूमि आयोग काठमाडौंका सदस्य मोतीलाल लामा लगायत मोर्चाका २२ वटा घटक संगठनका नेताहरु र नेपाल बसोबासका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।