बाँकेमा निर्वाचन बहिस्कार अभियानमाथि प्रहरी हस्तक्षेप, प्रतिरोध गर्दै अगाडि बढाउँदै अभियान

बाँकेमा निर्वाचन बहिस्कार अभियानमाथि प्रहरी हस्तक्षेप, प्रतिरोध गर्दै अगाडि बढाउँदै अभियान

बाँके । बाँकेको राप्ती सुनारी गाउँपालिका– ५ तिलहरियामा पुगेको निर्वाचन बहिस्कार अभियानमाथि प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले माइक तोडफोड गर्नुका साथै प्रचार सामग्री नियन्त्रणमा लियो । नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम तथा लुम्बिनी प्रदेशका सेक्रेटरी भुपेन्द्र न्यौपानेका अनुसार प्रहरीले माथिको आदेश भन्दै नेता न्यौपानेसहित अभियानका अन्य नेताकार्यकर्तामाथि समेत प्रहरीले हातपात ग¥यो । प्रहरी दमन र हस्तक्षेपको प्रतिवाद गर्दै अगाडि बढ्न खोजेपछि थप तनाब उत्पन्न हुन पुगेको थियो । प्रहरीले सिडिओसँग छलफल गरेर मात्र अभियान अगाडि बढाउनु अन्यथा हस्तक्षेप जारी राख्ने बताएपछि अभियान टोली सिडिओसँग छलफलमा बस्ने र सिडिओले जेसुकै भने पनि पार्टीको केन्द्रीय नीति अनुसार निर्वाचन बहिस्कार अभियानलाई निरन्तर रुपमा अगाडि बढाउने नेता न्यौपानेले जानकारी दिनुभयो ।


लुम्बिनी प्रदेशमा करिब एक महिनादेखि जारी निर्वाचन बहिस्कार अभियानका क्रममा ठाउँ ठाउँमा प्रहरीले दमन र धरपकड गरेको थियो । नेता न्यौपानेका अनुसार गुल्मी, अर्घाखाँची, नवलपरासी, रुपन्देही, दाङ, कपिलवस्तु, बाँकेमा अभिायनका क्रममा पटक पटक प्रहरीले माथिको आदेश भन्दै अभियान टोलीका कार्यक्रममाथि हस्तक्षेप गर्ने, प्रचार सामग्री खोस्ने, नियन्त्रणमा लिने जस्ता फासिवादी दमन ग¥यो । यसरी गरिएको प्रहरी दमन, हस्तक्षेप र धरपकडको प्रतिरोध गर्दै नेकपा (क्रान्तिकारी माओवादी)ले लुम्बिनी प्रदेशका ९ वटा जिल्लाहरुमा बहिस्कार अभियान सम्पन्न गरेको छ । बाँके जिल्लाको आधा जति ठाउँमा अभियान सञ्चालन गरेर अगाडि बढ्ने क्रममा प्रहरीले पुनः हस्तक्षेप गरेको थियो । तर अभियान टोलीले कोणसभा, टोलसभा, घरदैलो गर्ने कार्यक्रमलाई रोकेको छैन बरु तीव्र रुपमा अगाडि बढिरहेको छ ।
देशका अन्य ठाउँमा पनि देउवा सरकारको प्रहरीले निर्वाचन बहिस्कार आन्दोलनमाथि दमन र धरपकड गरिरहेको छ ।


शान्तिपूर्ण रुपमा गरिएका कार्यक्रममाथि यसरी प्रहरीले अवरोध सिर्जना गर्ने, हस्तक्षेप, धरपकड गर्ने कार्य नरोके सशक्त रुपमा प्रतिरोधमा उत्रने क्रान्तिकारी माओवादीले चेतावनी दिंदै आएको छ र क्रान्तिकारी माओवादीले निर्वाचन बहिस्कारको पार्टीको कार्यनीतिका विषयमा जनतालाई सुसूचित गर्ने, सत्ता, व्यवस्था तथा सरकारको विरोध एवम् भण्डाफोर गर्ने आधारभूत जनअधिकारमाथि समेत प्रतिबन्ध लगाउने गरी भएका प्रहरी दमनलाई क्रान्तिकारी माओवादीले फासिवादी दमनको रुपमा घोर निन्दा एवम् भत्र्सना गर्दै आएको छ । निर्वाचनको पक्षमा प्रचार प्रसार गर्न पाएजस्तै निर्वाचन बहिस्कारको पक्षमा पनि निर्वाध प्रचार प्रसार गर्न पाउनु नै लोकतान्त्रिक अधिकार भएको भन्दै संसदवादी दलहरु लोकतान्त्रिक नभएर फासिवादी दिशातिर अगाडि बढिरहेको विश्लेषण क्रान्तिकारी माओवादीले गर्दै आएको छ ।