अक्टोबर क्रान्तिको १०५ औं बर्षगाँठको सन्दर्भ : गौरवशाली विरासत बोकेको महान् अक्टुवर समाजवादी क्रान्ति 

अक्टोबर क्रान्तिको १०५ औं बर्षगाँठको सन्दर्भ : गौरवशाली विरासत बोकेको महान् अक्टुवर समाजवादी क्रान्ति 

     आज नोभेम्बर ७ । आजकै दिन अर्थात् रुसी नयाँ क्यालेन्डर अनुसार सन १९१७ नोभेम्बर ७ का दिन महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएको थियो । आज महान्  रुसी  अक्टोबर समाजवादी राज्य व्यवस्थामाथि प्रतिक्रान्ति भै नग्न पुँजीवादी व्यवस्था चलिरहेको भए पनि महान् रुसी अक्टोबर समाजवादी क्रान्तिको गौरवशाली विरासत कायमै छ ।

  विश्व सर्वहारा वर्गले पहिलोपटक पुँजीपति वर्गबाट राज्यसत्ता खोसेर आफ्नो हातमा ल्याएर सर्वहारा वर्गको अधिनायकत्व स्थापना गरेको त्यो गौरवपूर्ण इतिहास विश्व मानव समाजमा अनन्तकालसम्म जीवन्त रहनेछ ।

    सन १८७१    का दिन पेरिसका कम्युनिस्ट सर्वहाराहरुले पेरिस कम्युनको निर्माण गरेको भए पनि त्यसमाथि ७२ दिमै प्रतिक्रान्ति भए पश्चात् महान् पेरिस कम्युन ढलेको थियो । त्यही पेरिस कम्युनको शिक्षा र बिरासतमा टेकेर रुसका मजदुरहरु ( कम्युनिस्ट सर्वहाराहरु ) ले सन १९१७ अक्टोबर २५ ( नोभेम्बर ७ ) का दिन महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न गरेर सत्ता कब्जा गरी  रुसमा आफ्नो सर्वहारा वर्गीय राज्यसत्ता स्थापना गरेका थिए ।

    महान् रुसी समाजवादी क्रान्तिको सफलताले एक ध्रुवीय विश्व  राजनीतिक शिबिर   दुई विपरीत  शिबिरमा विभक्त भएको थियो । एउटा पुरानै पुँजीवादी शिबिर र यसको ठिक विपरीत वैज्ञानिक समाजवादी शिबिर खडा हुन पुगेको थियो । एकातिर साम्राज्यवादमा गरिसकेको मरनासन्न पुँजीवादी शिबिर अर्कोतिर वैज्ञानिक समाजवादी शिबिर । पुँजीवादी शिबिरको नेतृत्व अमेरिकी साम्राज्यवाद लगायतका पुँजीपति राष्ट्रहरुले गरिरहेका थिए भने वैज्ञानिक समाजवादी शिबिरको नेतृत्व रुसी वैज्ञानिक समाजवादी मुलुकले गरेको थियो । 

   आजभन्दा ठिक २०५ वर्ष पहिले महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भइसके पछि विश्व राजनीतिक अवस्थामा उथलपुथल आएको थियो र विश्वका दर्जनौं देशहरूमा सर्वहारा वर्गको राजनीतिक तथा  संगठित अग्रदस्ताको  रुपमा रहेका कम्युनिस्ट पार्टीहरु  एकपछि अर्को गर्दै स्थापना भएका थिए ।जस्तै : जर्मन कम्युनिस्ट पार्टी ( १९१८) , हंगेरियन कम्युनिस्ट पार्टी ( १९१८ ),.   बुल्गेरियन कम्युनिस्ट पार्टी ( १९१९) , युगोस्लाभ कम्युनिस्ट पार्टी ( १९१९ ),  भारत हिन्दूस्तान कम्युनिस्ट ग्रुप (१७  अक्टोबर १९२० रुसमा ) , भारतीय कम्युनिस्ट पार्टी ( १९१८ ) , भियतनामी कम्युनिस्ट पार्टी ( १९२० ) , मङ्गोलियन कम्युनिस्ट पार्टी ( १९२० ) , चिनिया कम्युनिस्ट पार्टी ( १९२१ ) , इटालियन कम्युनिस्ट पार्टी ( १९२१), इनडोनेसियन कम्युनिस्ट पार्टी ( १९२१ ),   जापानिज कम्युनिस्ट पार्टी ( १९२२ ) , फिलिपिन्स कम्युनिस्ट पार्टी ( १९२४ ) ,  कोरियन वर्कर्स पार्टी ( १९२५),  पेरुभियन कम्युनिस्ट पार्टी ( १९२८ ) , साउथ सिज कम्युनिस्ट पार्टी ( १९२८ ) , मलाय कम्युनिस्ट पार्टी ( १९३० ), इराकी कम्युनिस्ट पार्टी ( १९३४ ) र नेपाल कम्युनिस्ट पार्टी (१९४९ अप्रिल २२ , भारतमा ) स्थापना भएको थियो 

   यसैक्रममा पूर्वी युरोपका २० आौं देशहरूमा सोभियत मोडलको समाजवाद स्थापना गरियो । यसै सिलसिलामा   सन १९४५ मा भियतनाम र कोरियामा जनवादी तथा समाजवादी क्रान्ति सम्पन्न गरिए । 

      सन १९४९ अक्टोबर १ दिन महान् चिनिया नयाँ जनवादी क्रान्ति सम्पन्न भयो  । त्यसपछि कम्वोडिया र सन १९५९ मा क्युवामा क्रान्ति सम्पन्न भयो । यसरी विश्वको झण्डै आधा  जनसंख्या विश्व समाजवादी तथा जनवादी शिबिरको छातामुनी संगठित हुन पुगेको अवस्था थियो । 

   पेरु र नेपालमा सशस्त्र जनयुद्ध सञ्चालन गरिए । अहिले भारतमा भारतीय कम्युनिस्ट पार्टी ( माओवादी) ले सशस्त्र जनयुद्ध सञ्चालन भइरहेको छ । र नेपाल , फिलिपिन्स , अफगानिस्तान , टर्की , लगायतका देशहरूमा कतै सशस्त्र जनयुद्ध त नेपालमा सशस्त्र जनविद्रोहको तयारी भइरहेको छ ।

   सन १९५६ मा रुसी समाजवादमाथि ख्रुश्चोवी आधुनिक संशोधनवाद घुस्यो र त्यहाँ प्रतिकान्तिको क्रम शुरु भयो  । सन १९५६ मै चिनिया समाजवादी शिबिर भित्र पनि ख्रुश्चोपपन्थी ल्यू शाओ चि – देङ गुटले नब संशोधनवाद घुसायो । र , त्यसपछि कमरेड माओले रुस तथा चिनमम घुसेको आधुनिक संशोधनवादका विरुद्ध विश्वव्यापी रुपमा महान् बहस चलाउनु हुँदै चीनमा सन १९६६ देखि १९७६ सम्म महान् चिनिया सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गर्नु भई सर्वहारा अधिनायकत्व भित्र निरन्तर क्रान्तिको सिध्दान्त प्रतिपादन गरियो । पछि त्यसलाई माओवाद भनियो । त्यसपछि माक्र्सवाद – लेनिनवाद – माओवाद विश्व सर्वहारा वर्गको मुक्तिको मार्गदर्शक सिध्दान्त बन्यो ।

    चीनमा सन १९७६ सेप्टेम्बर ९ का कमरेड माओको निधन भएको १ महिना पश्चात् प्रतिक्रान्ती भई पुँजीवादको पुनस्र्थापना हुन पुग्यो भने सन १९९० मा सोभियत मोडेलको समाजवाद विधिवत रुमा ढल्यो । त्यसपछि पूर्वी युरोप लगायत विश्वका सबै देशहरुमा प्रतिक्रान्त भयो र त्यहाँ पुँजीवाद पुनःस्थापना  हुन पुग्यो । यसरी आज विश्वका कुनै पनि देशमा वैज्ञानिक समाजवाद सञ्चालनमा छैन । 

   रुस र चीनमा भएको प्रतिक्रान्तिका पश्चात विश्व समाजवादी शिबिरमाथि ठूलो धक्का लाग्यो । अमेरिकी साम्राज्यवाद लगायतका पुँजीवादी स्यालहरुले माक्र्सवाद असफल भएको घोषणा गरेर एउटै स्वरमा हुइयाँमा हुइयाँ थप्दै गए । साम्राज्यवादी तथा पुँजीवादी स्यालहरुले माक्र्सवाद पुस्तकालयमा थन्किएको भनेर हुइयाँ हुइयाँ गरेर चिच्याई रहे  । त्यस प्रतिक्रान्तको परिघटनाले विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुग्यो नै । त्यही परिस्थितिमा सन १९ सयको ८० दशकमा पेरुभियाली कम्युनिस्ट पार्टी ( साइनिङपाथ ) ले कमरेड गोन्जालोको नेतृत्वमा सशस्त्र जनयुद्ध सञ्चालन गर्यो भने यता नेपालमा सन १९ सयको ९० को दशकमा नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) सशस्त्र जनयुद्ध सञ्चालन गर्यो । पेरु र नेपालमा सञ्चालन गरिएको सशस्त्र जनयुद्धले छोटै अवधिमा विश्व मानव समुदायमा ठूलो हलचल नै पैदा गरायो । 

   ती सशस्त्र जनयुद्धहरुले विश्व सर्वहारा वर्ग र भाइचारा कम्युनिस्ट तथा श्रमजीवी वर्गमा ठूलो उत्साह पैदा गरिदिएको थियो भने साम्राज्यवादी तथा पुँजीवादी क्याम्प भित्र पनि शक्तिशाली भूकम्प पैदा गरिदिएको थियो । 

    तर सन १९९२ मा पेरुमा कमरेड गोन्जालोको गिरफ्तारी पश्चात् त्यहाँको सशस्त्र जनयुद्धले सेट व्याक खायो भने नेपाली सशस्त्र जनयुद्धको सवालमा महान् दश वर्षे जनयुद्धको नेतृत्व गर्दै आएका प्रचण्ड – बावुराममा ठूलो वैचारिक विचलन पैदा भयो र उनीहरूले वर्गीय रुपमा र राजनीतिक रुपमा समेत साम्राज्यवादी तथा विस्तारवादीहरुका सामु लम्पसार परेर आत्मसमर्पण गरे पश्चात् महान् नेपाली नयाँ जनवादी क्रान्तिले पनि ठूलो धक्का खान पुग्यो । 

   यसरी नेपालमा भएको प्रतिक्रान्तिको परिघटना र पेरुमा सशस्त्र जनयुद्धले खानु परेको धक्काले पुनः विश्व सर्वहारा क्रान्तिलाई ठूलो धक्का त पक्कै पनि लाग्यो  । तर यस प्रकारका क्रान्ति र प्रतिक्रान्तिका परिघटनाहरुले विश्व सर्वहारा क्रान्तिलाई पक्कै पनि क्षति पुर्याउछ नै । 

    तर त्यो नै अन्तिम होइन । फेरि विश्व सर्वहारा वर्ग नयाँ ढंगले अगाडि बढिरहेको अवस्था छ । आजको युग भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको भीषण वर्गसंघर्षको युग हो  । ती प्रतिक्रान्तिका परिघटनाहरुले विश्व सर्वहारा क्रान्तिको महान् यात्रा रोकिदैन । नयाँ शिक्षा र अनुभवका साथ अगाडि बढिरहन्छ । यो माक्र्सवादी द्वन्द्ववादको नियम हो  ।

    आज पनि महान् रुसी अक्टोबर समाजवादी क्रान्तिको शिक्षा र बिरासत विश्व कम्युनिस्ट आन्दोलनले आत्मसात गरेर अगाडि बढि नै रहेको छ र विश्व सर्वहारा क्रान्ति अवश्यम्भावी छ ।

( केसी वरिष्ठ माक्र्सवादी लेखक तथा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् )