२१ कार्तिक काठमान्डौ ।
नेकपा(क्रान्तिकारी माओवादी) मोहन बैद्यले नेतृत्व गर्नुभएको र नेकपा बहुमत धर्मेन्द्र बास्तोलाले नेतृत्व गर्नुभएका दुइ पार्टी निकटका दुइ विधार्थी संगठन पनि यति बेला निर्वाचन बहिष्कार गर्न भनि पत्रकार सम्मेलन मार्फत बहिष्कार /अवज्ञामा उत्रिने आम रुपमा सार्बजनिक गरेका छन ्। अखिल(क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेल र अर्का अखिल(क्रान्तिकारी) का अध्यक्ष मिलन राई विधार्थी संगठन निर्वाचन बहिष्कार /अवज्ञा गर्ने आफ्नो माउ पार्टीले लिएको नीति अनुरुप देश व्यापि रुपमा यति बेला मंसिर ४ को प्रदेश र प्रतिनीधि सभाको निर्वाचन बहिष्कार/ अवज्ञामा आफ्ना नेता/कार्यकर्ता तयार पार्दै जनताहरुलाइ आसन्न निर्वाचन सक्रिय बहिष्कार/अवज्ञा गर्न विधार्थी, शिक्षक,मजदुर,किसान,युवा,महिला र आम जनसमुदायमा अपिल गरेका छन ।
दुइ अखिल(क्रान्तिकारी)हरुले संसदवादी राजनैतिक दलहरुले देश र जनतालाइ निर्वाचनको नाममा महँगी,लुट,हत्या दिन प्रतिदिन बढाइ रहेको युवाहरुलाइ देशमै रोजगर र अवसर सृजना गराउन नसक्ने सरकारले युवाहरु विदेशिन बाध्य पार्दै जनताहरुलाइ समृद्धको नारामात्र बाँडेर युवाहरुले पठाएको रेमिटेन्सले सरकार चलाउदै लुट मचाउदै भष्टचार र महँगीले जनताहरुको जनजीविका दिन प्रतिदिन कष्टकर बन्दै गर्दा समेत अहिले सम्म संसदबादी दलहरुले हल दिन नसकेको बताय ।
संसदिय व्यवस्था नाङ्गिसकेको र यो व्यवस्थामा जुनै व्यक्ति जुनै पदमा पुगेपनि मक्कि सकेको व्यवस्थाले जनताहरुको मागलाइ सम्वोदन गर्न सकिरहेका छैन् । त्यसैले जनताहरुले अघिल्लो निर्वाचनबाट आफुहरुले विजय गरि पठाएका जनप्रतिनिधिहरुबाट पाठ सिक्नु पर्ने समय आइसकेको अखिल(क्रान्तिकारी) को केन्द्रिय उपाध्यक्ष शीलु न्यौपानेले बताउनु भयो ।
अखिल(क्रान्तिकारी) दुइ संगठनले विधार्थीहरु र आम जनसमुदायलाइ अहिलेको व्यवस्थाले सृजना गरेको विकृतीका बारेमा भन्डाफोर गर्ने र उत्रने शक्ति युवा विधार्थीहरुको हो र आम रुपमा जनताहरुलाइ सुचित गर्ने दायीत्व रहेको बताउनु भयो । संसदवादी दलहरुले देश र जनताको भलो विपरित सत्ता र सरकार निर्माणका स्वार्थले आफैनै पार्टीको सिद्धान्त कुल्चेर दलिय समिकरण निर्माण गरेका छन । आफु र आफ्ना पार्टी एक्लै उभिएर जनतामा जाने हिम्मत कुनै यी संसदवादी पार्टीहरुमा रहेन् । जनताहरुमा नैरास्यता सिवाय केहि नरहेको हुदा यस्ता सरकारमा पुग्नै घाटी जोडेर हिडने र जनताका जनजीविका समस्यालाई लात हान्ने यस्ता नेताहरु यो पटक सोलखम्व, थवाङका जनताले १ भोट पनि नखसाली जनताले उमेदवार र जनप्रतिनिधिहरुको मन/मुट्टामा ढ्याङ्रो बजाउने काम गर्न त्यहाँका जनता सफल भएका छन । र अहिलेको यो प्रदेश र प्रतिनिधिसभाको निर्वाचन ८ बटा कम्युनिस्ट पाटीहर्रु सक्रिय बहिष्कारमा संलग्न रहेको बताउनु भयो र नेपालमा यदि जनता यो व्यवस्था र तिनै नेताहरुलाइ यदि आफ्ना मतहाल्न राजि छैनन भने देशले अन्य देशमा जस्तै नो भोटको व्यवस्था जनतालाइ दिनुपर्दछ । यसले नेता र व्यवस्थालाइ जनता प्रति बफादार , सजक र समयसान्दर्भिक बन्न पनि मद्दत गर्दछ । अहिले अखिल(क्रान्तिकारी) देशव्यापि बहिष्कारलाइ प्रभावकारी बनाउन प्रचार प्रसार,कोण सभा, व्यानरिङ््ग, र नेताहरुलाइ ३ पार्टीहरुबिच एकता गराउन व्यस्त रहेको र कार्तिक २१ गते प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी प्रवक्ता टेक प्रसाद राइलाइ भेटी शान्तिपुर्ण सभा ,जुलुस र कार्यक्रमहरुमा धरपकड नगर्ने तथा नेता कार्यकर्ताहरुलाइ पक्राउ नगर्न र पक्राउ परेका नेता कार्यकर्ताहरु अबिलम्ब रिहा गर्न र निगरानी नगर्न दुइ संगठनले जानकारी गरायो र आफ्ना शान्तिपुर्ण विरोध सभाबाट नेता–कार्यकर्ताहरुलाइ प्रकाउ गरे उत्पन्न परिस्थिति बारे जवाफदेही नहुने बताकाका छन ।
र हिजै मात्र काठमाडांैको रारा–रारा क्याम्पसमा उपत्यका स्थरिय अखिल(क्रान्तिकारी) का नेताहरुको प्रशिक्षण तथा २३ गतेको संयुक्त विरोध सभाको तयारी बैठ्ठक सम्पन्न गरेका छन र ने.क.पा (बहुमत) का पार्टी संयोजक धर्मेन्द्र बस्तोलालाइ दुइ संगठनका केन्द्रिय नेताहरुले भेटघाट गरी पार्टी संयोजन समिति निर्माण पश्चातको अवस्था बारे छलफल गरेका थिए भनि अखिल(क्रान्तिकारी) का उपाध्यक्ष न्यौपानेले बताउनु भयो ।
नेकपा (क्रान्तिकारी माओवादी),नेकपा (बहुमत), नेकपा (मशाल),नेपाल कम्युनिस्ट पार्टी नेपालले १ नम्वर प्रदेश देखि ७ नम्वर प्रदेश सम्म बहिष्कार/अवज्ञा सभा सम्पन्न गरिसकेको र कार्तिक २३ गते काठमान्डौमा बहिष्कार सभाको अन्तिम तयारी भइरहेको छ । उक्त सभामा पार्टीका केन्द्रिय स्थरीय नेताहरुले सम्बोधन गर्नु हुने छ भने नेता,कार्यकर्ता र सुभेच्छुक जनसमुदायको सहभागि हुने छ । आम जनसमुदायहरुलाइ सक्रिय रुपमा कार्तिक २३ गते उक्त बहिष्कार/ अवज्ञा सभा सहभागि भइदिन हार्दिक अपिल गर्दछौं ।