नेकपा(क्रान्तिकारी माओवादी) काभ्रेद्वारा निर्वाचन बहिष्कारका कार्यक्रमहरुको निरन्तरता

नेकपा(क्रान्तिकारी माओवादी) काभ्रेद्वारा निर्वाचन बहिष्कारका कार्यक्रमहरुको निरन्तरता

 

१९ कात्तिक काभ्रे ।
आज पनि नेकपा(क्रान्तिकारी माओवादी)काभ्रेले जिल्लाका विभिन्न स्थानहरुमा निर्वाचन बहिष्कार गर्न आह्वान गरिएका पोष्टर टाँस्ने र पर्चा वितरण गर्ने काम जारी रहयो ।
निर्वाचन बहिष्कार गर्न आह्वान गरिएका पोष्टर टाँसिएका र पर्चा वितरणस् गरिएका स्थानहरुमा काभ्रेका बनेपाको बुडोल, पनौती, कुशादेवी, खोपासी, बनेपा बजार, काभ्रेकै बेथान चोकआदि छन् । ती सबै स्थानहरुमा नेकपा(क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य रिना गेलाल, पार्टी जिल्ला सेक्रेटरी टंक अधिकारी, क्रान्तिकारी युुवालिगका अध्यक्ष केशब ढल्कोटी र अन्य नेताहरुमा प्रदीप अस्थानी, किसान वावाआदिको सहभागिता थियो ।
कार्यक्रमका दौरानमा पोष्टर टाँस्ने, पर्चाहरु जनताको हातहातमा वितरण गर्ने आदि गरिएका थिए । उक्त कार्यक्रमलाई भोली २० गते तिमाल, रोशी खोलाआदि ठाउँहरुमा निरन्तरता दिने भएको नेकपा(क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य रिना गेलाले बताउनु भयो ।