रवि पाण्डेय/ धनञ्जय अवस्थी
धनगढी- नेकपा (क्रान्तिकारी माओवादी)सहित ४ दलको संयुक्त आयोजनामा शनिवार संसदीय निर्वाचन बहिष्कार / अबज्ञा कार्यक्रम गरिएको छ ।


नेकपा (क्रान्तिकारी माओवादी )नेकपा बहुमत, नेकपा (मशाल), माओवादी कम्युनिष्ट पार्टी नेपालले सुदुपश्चिम प्रदेशको धनगढी चौराह देखि पार्कमोड सम्म निर्वाचन बहिस्कार गरौँ भन्दै नाराबाजी सहित बिरोध ¥याली समेत गरे ।
बिरोध सभामा अतिथि तथा बक्ताहरु क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सिपी गजुरेल, नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला कञ्चन ,नेकपा मशालका केन्द्रीय सदस्य लाल बहादुर जाग्री, माओवादी कम्युनिष्ट पार्टी नेपालका महासचिव रामनारायण पाल हुनुहुन्थ्यो ।

हार्दिक शुभकामना !

कार्यक्रममा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य हरि भक्त कँडेल , क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य तथा प्रदेश इन्चार्ज प्रेम सुवेदी , नेकपा बहुमतका केन्द्रिय सचिवालय सदस्य देवी दत्त पाण्डे , क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य राम बहादुर केसी, नेकपा बहुमतका केन्द्रीय सल्लाहकार सदस्य डम्वर बिष्ट लगायत रहनुभएको थियो ।


कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष समेत रहनुभएका क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले चुनाव संसदीय निर्वाचन बहिष्कार गर्न सबैमा अपिल गर्नुभयो । देश र जनताको लागि प्रतिकृयावादी दलालहरूले गर्न लागेको निर्वाचन बहिष्कार गर्न उहाँले जनतालाई आब्हान गर्नुभयो ।
नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला कञ्चनले मंसिर ४ को निर्वाचन दलालहरूको निर्वाचन रहेको बताउनुभयो । उहाँले लुटिखाने दलालहरूले जनतामा भम्र पारेर निर्वाचनको नाटक गरेर चरम भष्ट्राचार गर्ने र मोज मस्ती गर्ने बताउनुभयो ।
नेकपा (क्रान्तिकारी माओवादी)का सुदुरपश्चिम प्रदेश सेक्रेटरी राम बहादुर महराको अध्यक्षतामा निर्वाचन बहिस्कारको बिरोध सभा भएको थियो । सभाको सञ्चालन नेकपा बहुमतका सेतिमहाकाली व्युरो इन्चार्ज महान र स्वागत मशालका प्रतिनिधि नरेशले गर्नुभएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर