आदिवासी जनजाति महासंघद्वारा डा. ओम गुुरुङकाे श्रद्धाञ्जली कार्यक्रम सम्पन्न (फाेटाेफिचर)

आदिवासी जनजाति महासंघद्वारा डा. ओम गुुरुङकाे श्रद्धाञ्जली कार्यक्रम सम्पन्न (फाेटाेफिचर)

काठमाडौं । अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष प्रा.डा. ओम गुरुङकाे श्रद्धाञ्जली कार्यक्रम ललितपुरकाे कुपोन्डोलमा सम्पन्न भएकाे छ । महासंघले आयाेजना गरेकाे श्रद्धाञ्जली कार्यक्रमका प्रमुख अतिथि नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव माेहन वैद्य किरणले प्रा.डा. गुरुङकाे निधनले नेपालकाे नयाँ जनवादी क्रान्ति तथा जातीय मुक्ति आन्दाेलनमा अपुरणीय क्षति पुगेकाे बताउनु भयाे । नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सल्लाहकार समितिका संयाेजक समेत रहुनभएका डा. गुरुङ बहुआयामिक व्यक्तित्वका धनी भएकाे पनि उहाँले बताउनु भयाे । उहाँले वर्गी य र जातीय मुक्ति संघर्षका लागि संकल्पसहितकाे प्रतिबद्धता नै डा.गुरुङप्रति सच्चा श्रद्धाञ्जली हुने भन्दै पार्टी नेतृत्वकाे तर्फबाट प्रतिबद्धता समेत व्यक्त गर्नुभयाे ।
कार्यक्रममा श्रद्धाञ्जली मन्तव्य राख्नुहुँदै नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य परि थापाले पनि उहाँकाे बहुआयामिक व्यक्तित्वकाे चर्चा गर्दै अब डा.गुरुङकाे शाेकलाई शक्तिमा बदलेर उहाँका अधुरा संघर्ष पुरा गरे मात्र सच्चा श्रद्धाञ्जली हुने बताउनु भयाे । उहाँले जीवन र मृत्युलाई सहज र सरल रुपमा बुझ्नुपर्ने पनि बताउनु भयाे ।
त्यसैगरी क्रान्तिकारी माओवादीका पीवीएम तथा किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सिताराम तामाङले सम्पुर्ण जनवर्गीय संगठनहरुकाे तर्फबाट श्रद्धाञ्जली मन्तव्य राख्नु भयाे । उहाँले डा. गुरुङ वर्गीय र जातीय मुक्ति आन्दाेलनका महान हस्ती भएकाे चर्चा गर्दै विचारप्रतिकाे निष्ठा, सरलता, लगनशीलता र गतिशीलता उहाँबाट सिक्नु पर्ने गुण भएकाे बताउनु भयाे ।
नेपाल आदिवासी जनजाति महासंघका संस्थापक महासचिव समेत रहेका माओवादी केन्द्र निकट जातीय महासंघका इन्चार्ज सुरेश आलेमगरले डा.गुरुङकाे निधनले वर्गीय र जातीय मुक्ति आन्दाेलनमा रिक्तताकाे महसुस गराएकाे अनुभूति सुनाउनु भयाे । डा.गुरुङकाे बहुआयामिक व्यक्तित्वले आम आदिवासी जनजाति आन्दाेलनमा सर्वस्वीकार्य रुपमा स्थापित रहेकाे चर्चा गर्दै वर्गीय तथा जातीय मुक्ति आन्दाेलनले अझै गन्तव्य चुम्न बाँकी रहेकाेले आगामी संघर्षमा उहाँकाे अभाव खड्किरहने पने बताउनु भयाे ।
परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपालकाे जातीय समस्या समाधान गर्न र जातीय आन्दाेलनलाई वर्गीय आन्दाेलनसँग जाेड्न महत्वपुर्ण भुमिका खेलेकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, “डा. गुरुङ नेपाली कम्युनिस्ट आन्लाेलनकाे याेद्धा, जातीय मुक्ति आन्दाेलनकाे कमाण्डर र बाैद्धिक आन्दाेलनकाे मार्गदर्शक हुनुहुन्थ्याे ।”
त्रिवि मावशास्त्र विभागका सहप्राध्यापक डा. मानबहादुर खत्रीले डा.गुरुङसँग नजिक रहेर गरेका सहकार्यका आधारमा उशाँकाे बहआयामिक व्यक्तित्वकाे बारेका प्रकाश पार्नु भयाे ।
महासंघका उपाध्यक्ष पवनमा श्रेष्ठका अध्यक्षता र महासचिव फुर्नाम्गेल माेक्तानकाे सञ्चालनमा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा नेपाल आदिवासी जनताजति महासंघका महासचिव दिवस राई, बिगेसाेका अध्यक्ष पदमसुन्दर लिम्बू, नेकपा (मसाल)का जातीय विभागका प्रतिनिधिलगायतले पनि डा.गुरुङकाे व्यक्तित्वकाे बारेमा चर्चा गर्दै श्रद्धाञ्जली मन्तव्य राख्नु भएकाे थियाे ।
श्रद्धाञ्जली कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य रामसिंह श्रीस, डा.गुरुङकी जीवनसंगिनी अमृता गुरुङ, दाजु र छाेरीहरुलगायत परिवारजनकाे समेत उपस्थिति रहेकाे थियाे ।
डा.गुरुङकाे फाेटाेमा खादा र फुल अर्पण गरि सुरु भएकाे कार्यक्रममा आयाेजक अखिल नेपाल जनजाति महासंघले तयार पारेकाे स्मृति पत्र कार्यक्रमका प्रमुख अतिथि माेहन वैध्य किरणले डा. गुरुङकी जीवनसंगिनी अमृता गुरुङलाई हस्तान्तरण गर्नुभएकाे थियाे । त्यसैगरी विगेसाे सिंगापुरकाे तर्फबाट तयार पारेकाे स्मृति पत्र अध्यक्ष पलबहादुर घर्तीसहित अतिथि परि थापाले हस्तान्तरण गर्नुभएकाे थियाे ।