१७ कार्तिक सुर्खेत ।
६ नम्बर प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ४ दलको आयोजनमा नीर्वाचन बहिष्कार/अबज्ञा सभा भव्य रूपमा सप्पन्न भएको छ ।
नेकपा(क्रान्तिकारी माओवादी), नेकपा (बहुमत), नेकपा (मशाल), माओवादी कम्युनिस्ट पार्टी नेपाल लागायत चार दलिय कार्यक्रममा चारै दलका शिर्ष नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रमका प्रमुख बक्ताहरु क्रमश: नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देजमोका केन्द्रीय अध्यक्ष सि.पी.गजुरेल, नेकपा(बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला“ कंचन“, नेकपा (मशाल)का केन्द्रीय प्रतिनिधि गौरीलाल कार्की, माओवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव रामनारायण पाल रहेका छन ।
हज्जारौं जनताको लावलस्कर सहित मङ्गल्गडी चोकबाट सुरु भएको रर्याली पिपल चाउतारामा आएर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रमको बिचबिचमा जुलुसहरु विभिन्न दिशाबाट सहभागी हुने क्रम चली नै रहेको थियोे ।
ठुलो जनसागरको बीचमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा शिर्ष नेताहरुले यो व्यवस्था पुर्न रुपले असफल भई जिर्ण अवस्थामा पुगि सकेको र अबको विकल्प देशभक्त र क्रान्तिकारीहरुको सयुक्त सहभागिता सहितको संघिय जनगणतन्त्र नै भएको कुरा व्यक्त गरेका छन । यसै कारण यो आसन्न निर्वाचनको कुनै औचित्य नरहेको र यो चुनाव मुलत: जनता र देशलाई कमजोर बनाउन अरबौको खर्चिने जनराष्ट्रघाती भएको कुरा प्रमाणित गरेका हुन ।
कार्यक्रम संचालन नेकपा (क्रान्तिकारी माओवादी)का ६ नम्बर प्रदेश सेक्रेटरी दिपक बहादुर शाहीले गरेका हुन । कार्यक्रमको अध्यक्षता नेकपा( बहुमत)का भेरी कर्णाली इन्चार्ज हिमाल बिक ले गरेका हुन । कार्यक्रमलाई स्वागत माओवादी कम्युनिस्ट पार्टी नेपालका ६ नम्बर प्रदेश इन्चार्ज लोकेन्द्र थापाले गरेका थिए ।
कार्यक्रमको अन्त्यमा कार्यक्रमका अध्यक्षले कार्यक्रम बहिष्कार तथा अवज्ञा पुर्ण रूपमा सफल बनाउन आग्रह गर्दै कार्यक्रमको समापन गरेका थिए ।