नवलपरासी – नेकपा(क्रान्तिकारी माओवादी)ले पश्चिम नवलपरासीले जिल्लामा निर्वाचन बहिष्कार अभियान तीब्र बनाएको छ ।

यहाँका जनताले बहिष्कारलाई निकै चाँसो पूर्वक हेर्ने गरेका छन् । पश्चिम नवलपरासीमा उद्घाटन सहितका २१ वटा कोणसभा सम्पन्न गरेको क्रान्तिकारी माओवादीले बहिष्कारको पोष्टर तथा पर्चा वितरणलाई तीब्र बनाएको हो ।

हार्दिक शुभकामना !

 

सो क्रममा बर्दघाट नगरपालिका, सुनवल र रामग्राम नगरपालिका सुस्ता, प्रतापपुर, सरावलमा बहिष्कारको अपिल सहितको पोष्टर टास्ने र पर्चा बितरणका कार्यक्रम गरिएको जिल्ला सेक्रेटरी छविलाल खरेलले जानकारी दिनुभयो ।

बाँकी पालिकामा प्रचारात्मक कार्य सकेपछि लगतै घरदैलो गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर