काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले जारी निर्वाचन बहिस्कार अभियान अन्तर्गत आज कलंकी चोकमा आयोजना गरेको शान्तिपूर्ण कार्यक्रममाथि पनि प्रहरीले हस्तक्षेप गरेको छ ।
प्रहरीले पार्टी केन्द्रीय सल्लाहकार गोर्की श्रेष्ठ, केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज शारदा महत, सपना राजथला, कमला चन्द, सुरेश तामाङ, रवि तामाङ र एकजना सर्वसाधारणलाई प्रहरीले गिरफ्तार गरेको छ ।
उहाँहरुलाई कालीमाटीस्थित प्रहरी कार्यालयमा राखिएको छ । क्रान्तिकारी माओवादीले प्रहरीको फासिवादी दमनको चौतर्फी रुपमा घोर विरोध गर्दै दमन नरोकिए सशक्त प्रतिरोध गर्ने चेतावनी दिंदै आएको छ ।