पत्रकार मास्कीको निधन जनपक्षीय पत्रकारितामा अपुरणीय क्षति : क्रान्तिकारी पत्रकार महासंघ

पत्रकार मास्कीको निधन जनपक्षीय पत्रकारितामा अपुरणीय क्षति : क्रान्तिकारी पत्रकार महासंघ

रुपन्देही – क्रान्तिकारी पत्रकार महासंघ केन्द्रीय समिति र नेकपा (क्रान्तिकारी माओवादी) रुपन्देहीले छुट्टाछुट्टै शोक बक्तब्य जारी गर्दै पत्रकार टेक मास्की रानाको निधनले आन्दोलनका साथै सिंगो जनपक्षीय पत्रकारितामा अपुरणीय क्षति भएको जनाएका छन् ।

 

उहाँ महासंघको केन्द्रीय सल्लाहकार , पूर्व उपाध्यक्ष तथा बर्तमान जिल्ला अध्यक्ष समेत रहनुभएको थियो । त्यस्तै क्रान्तिकारी माओवादीको रुपन्देही जिल्ला सदस्य समेत रहेको पार्टीले जनाएको छ ।
महासंघका केन्द्रीय अध्यक्ष नारायण पंगेनी र क्रान्तिकारी माओवादी सेक्रेटरी मणीले छुट्टाछुट्टै शोक बक्तब्य जारी गर्नुभएको थियो ।

पत्रकार मास्कीको शव स्याङजास्थित कालीगण्डकी किनारमा अत्येष्टी गरिएको र अन्तिम बिदाईमा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य प्रेम सुवेदी लगायत पत्रकार सम्बद्ध संघसंगठनका नेताहरुको सहभागी भएको जनाइएको छ ।