क्रान्तिकारी पत्रकार महासंघका सल्लाहकार टेक मास्की रानाको दुखद् निधन

क्रान्तिकारी पत्रकार महासंघका सल्लाहकार टेक मास्की रानाको दुखद् निधन

बुटबल । क्रान्तिकारी पत्रकार महासंघका सल्लाहकार तथा पूर्व उपाध्यक्ष, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेशका सदस्य स्थापित बरिष्ठ पत्रकार टेक मास्कीरानाको दुखद् निधन भएको छ । दुई हप्ताअघि डेंगी संक्रमण भई लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत रानाको बुधबार (आज) बिहान निधन भएको हो । उहाँ ४७ वर्षको हुनुहुन्थ्यो ।

पत्रकार रानालाई डेंगीसँगै मिर्गौला र जण्डिसको पनि समस्या देखिएको थियो । रेडियो जागरणका समाचार प्रमुख रहनु भएका राना नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्व कार्यसमिति सदस्य, आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीको सचिव र उपाध्यक्ष रहेर काम गरिसक्नु भएको थियो ।

रानाले दुई दशकभन्दा लामो पत्रकारितामा निष्कलंक र स्वच्छ छवि बनाउनु भएको थियो । उहाँ जनपक्षीय पत्रकारिताका एक उदाहारणीय व्यक्तित्व हुनुहुन्थ्यो । उहाँका दुई छोरी र एक छोरा हुनुहुन्छ । उहाँकी जीवनसंगनीको केही बर्षअघि असामयिक निधन भएको थियो ।