६ असोज पोखरा ।
अखिल नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको आयोजनामा नेकपा(क्रान्तिकारि माओवादी) केन्द्रीय सल्लाहाकार समितिका संयोजक तथा नेकपा(क्रान्तिकारि माओवादी) निकट अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष प्रा.डा.ओम गुरुङको मृत्युको सातौं स्मृतिदिवसको दिनमा एक श्रध्दाञ्जलि कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।

हार्दिक शुभकामना !

नेकपा (क्रान्तिकारि माओबादि)का पिबिएम केश बहादुर परिवारको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष दिपेन्द्र बहादुर क्षत्री, वाम बुद्धिजीवी रामराज रेग्मि, नेकपा बहुमतका के स गोकुल पराजुली,नेकपा मशालका प्रतिनिधि आकास गौतम, प्राध्यापकहरु,जनजाति संघ/संस्थाका प्रतिनिधिहरु लगाएतले आदिवासी जनजाति,उत्पीडित बर्ग,क्षेत्र ,लिङ्ग र सबैखाले बिभेदका विरुद्ध जिवनभर संघर्ष गरेर आमुल परिबर्तनका लागि प्रा.डा.ओम गुरुङले ठुलो योगदान गरेको अभिव्यक्ति दिए ।


कार्यक्रमको संचालन संगम सांस्कृतिक मंच नेपालका अध्यक्ष काजिबाबु श्रेष्ठले र अध्यक्षता अखिल नेपाल आदिवासी जनजाति महासंघका केस बम बहादुर छन्त्यालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर