कैलाली । नेकपा (क्रान्तिकारी माओवादी)को कैलाली जिल्ला समितिले मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभाको चुनाब सशक्त बहिस्कार गर्न ‘निर्वाचन बहिस्कार अभियान’ सञ्चालन गरेको छ । अभियानकै क्रममा बिहीबार जिल्लाको तीन स्थानमा बहिस्कार कार्यक्रम सम्पन्न गरिएको छ ।
नेकपा क्रान्तिकारी (माओवादी माओवादी)का केन्द्रिय सदस्य तथा सुदुरपश्चिम प्रदेस सेक्रेटरी राम बहादुर महरा चिन्तकले दिएको जानकारी अनुसार जिल्लाको धनगढी चौराहा, क्याम्पस चोक र एलएन चोकमा कोणसभा सम्पन्न गरिएको छ । एलएन चोकको कोणसभालाई पार्टी पीवीएम तथा प्रदेश इन्चार्ज प्रेम सुवेदी, धनगढी चोकको कोणसभालाई पार्टी केस हरि सुवेदी र क्याम्पस चोकमा केस तथा प्रदेश सेक्रेटरी रामबहादुर महरा चिन्तकले सम्बोधन गर्नुभएको थियो ।
नेता प्रेम सुवेदीले संसदीय चुनाव भष्टचारी, दलाल, पुँजीपति वर्गको हातमा पुगेको हुदाँ जनतालाइ करको भारी बोकाएर संसद पाल्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनु भयो । लोकतन्त्र र गणतन्त्रका नाममा केही राजनीतिक दलहरूले लुटतन्त्र , कमिसनखोर जनता ठक्ने तन्त्र चलाइराखेको चर्चा गर्दै उहाँले अब एक चोटी सबै नेपालीले देशको रक्षा र जनताको सम्वृद्धिका लागि जनवादी जनगणतन्त्र स्थापनाको संघर्षका लागि एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
निर्वाचन बहिस्कारको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य डायमन्ड, केन्द्रिय सदस्य रूद्र कँडेल, अखिल नेपाल क्रान्तिकारी किसन महासंघका केन्द्रिय सदस्य टंक कोइराला लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।