प्यूठान । नेकपा (क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेशले प्रदेशव्यापी निर्वाचन बहिस्कार अभियान सुरु गरेको छ । निर्वाचन सक्रिय रुपमा बहिस्कार गर्ने पार्टीको केन्द्रीय योजना अनुसार लुम्बिनी प्रदेश कमिटिले प्युठान जिल्लाबाट अभियान सुरु गरको हो । प्यूठान जिल्लाको सरुमारानी गाउँपालिका अन्तर्गत दर्भानबाट औपचारिक रुपमा बुधबार कथित संसदीय निर्वाचनको सक्रिय बहिष्कार अभियान उद्घाटन गरिएको हो ।
अभियानको उद्घाटन पार्टीका पीवीएम तथा लुम्बिनी प्रदेशका सेक्रेटरी भुपेन्द्र न्यौपानेले गुर्नभयो । पार्टीका केन्द्रीय सदस्य एवं रोल्पा र प्यूठान जिल्ला इन्चार्ज टिकाराम पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिको समेत आसनबाट प्रदेश सक्रेटरी न्यौपानेले निर्वाचन बहिस्कार अभियानले जनताको आलोचनात्मक चेतना तथा विद्रोहको स्थितिलाई संगठित गरी विद्यमान संकटको समाधान र पुरानो सत्ता र व्यवस्थाको विकल्पको रुपमा संघीय जनगणतन्त्रको स्थापनाको आधार तयार पार्ने तथा मुलुकलाई सही निकास तर्फ लैजाने बताउनु भयो । अभियानको लक्ष्य र उद्देश्यहरुको विषयमा स्पष्ट पार्दै उहाँले असफल पुरानो सत्ता र संसदीय व्यवस्थालाई ध्वंस गरी संघीय जनगणतन्त्र स्थापना गर्नु नै आजको सही र वैज्ञानिक विकल्प रहेको पनि ठोकुवा गर्नुभयो । उहाँले आसन्न मंसिर चार गते हुने भनिएको कथित संसदीय निर्वाचन बहिष्कार गर्न सम्पूर्ण देशभक्त, क्रान्तिकारी, सच्चा कम्युनिस्ट तथा आम सचेत नागरिकहरुमा विशेष अपिल समेत गर्नु भयो ।

प्रदेश सदस्य कृष्ण रानाले संचालन गर्नु भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य समीर, बिपीन र लक्ष्मी तथा थारु राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष रामजी थारु, दाङ्ग जिल्ला सचिव शिशिर लगायतका नेताहरुको अतिथिको रुपमा उपस्थिति रहेको थियो । अभियानलाई प्रदेशका सबै जिल्लामा सञ्चालन गर्ने सम्बद्ध पार्टी स्रोतले जनाएको छ ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर