देजमो लुम्बिनी प्रदेशको बैठक सम्पन्न

देजमो लुम्बिनी प्रदेशको बैठक सम्पन्न

८ असोज बुटवल ।
देशभक्त जनगणतान्त्रीक मोर्चा (देजमो) नेपाल लुम्बिनी प्रदेशको बैठक देजमोका प्रदेश अध्यक्ष टिकाराम पौडेलको अध्यक्षतामा सम्पन्न भयो । पार्टीका पोलिट्ब्युरो सदस्य के.बि. गुरुङको प्रमुख आतिथ्यतामा सप्पन्न उक्त बैठकले छ्लफलका क्रममा आगामी मङ्सिर ४ गते हुन गैरहेको निर्वाचन सक्रिय रुपमा बहिष्कार गर्ने निर्णय सर्वसम्मत पारित गरेको हो । प्रकाशन, कार्यालय ब्यवस्थापन र आर्थिक ब्यवस्थापन आदि कार्यका विषयमा निर्णय गरेको कुरा देजमोका प्रदेश सेक्रेटरी लक्ष्मी चौलागाईंले बताएकी हुन ।