काठमाडौं । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ ४ नम्बर प्रदेशको भेला शनिबार पाेखरामा सम्पन्न भएकाे छ । महासंघका ४ नम्बर प्रदेशका संयोजक कृष्ण कट्टेलको अध्यक्षता एवं सञ्चालनमा सम्पन्न भएको सो भेलाले बिना बुढाथोकीकाे संयाेजकत्वमा ७ सदस्यीय प्रदेश समितिको पुनर्गठन गरेको छ। साे पुनर्गठित प्रदेश समितिका सदस्यहरुमा श्रीधन राई, कर्ण बहादुर पुन, दिपक थापा, ज्ञान बहादुर क्षेत्री, सुशील रानाभाट रुपेश बिश्वकर्मा रहनु भएकाे छ ।
महासंघका केन्द्रीय अध्यक्ष ईश्वर तिमिल्सिनाको प्रमुख आतिथ्य तथा ४ नम्बर पार्टी सचीव एवं पोलिट ब्यूरो सदस्य केश बहादुर परियार,पार्टी केन्द्रीय सदस्य रामजी थापा,प्राध्यापक परशुराम कोइराला लगायत विभिन्न जनवर्गीय संगठनका नेताकार्यकर्ताहरुको उपस्थितमा सम्पन्न भेलालाई सम्बाेधन गर्दै महासंघका अध्यक्ष तिमिल्सिनाले वर्तमान मजदुर वर्गको सामाजिक अवस्था र वर्गीय शोषणका विरुद्ध मजदुर संगठनले निर्वाह गर्नुपर्ने दायित्वका साथै आगामी संसदीय निर्वाचन बहिस्कार गर्नुपर्ने कारण लगायत बिषयमा महासंघका धारणा राख्दै आगामी फाल्गुन महिनामा हुने राष्ट्रिय सम्मेलन सम्म पुग्दा क्रान्तिकारी मजदुर आन्दोलनको नेतृत्व गर्न योग्य संगठन निर्माण गर्नका लागि ४ नम्बर प्रदेशले निर्वाह गर्नुपर्ने कामहरु बारे प्रशिक्षणात्मक मन्तव्य राख्नुभएकाे थियाे । तिमिल्सिनाले अभिजातवर्गले सिर्जना गरेका भ्रम बाट मुक्त भएर जनवादी क्रान्तिको कार्यभार पूरा गर्ने संकल्प गर्न आह्वान समेत गर्नु भयो।
पार्टी पीवीएम तथा प्रदेश सेक्रेटरी केश बहादुर परियारले विशेष मन्तव्य, रामजी थापाले शुभकामना मन्तव्य र उपस्थित विभिन्न जवस मोर्चा प्रतिनिधिहरुले शुभकामना दिनुभएको थियाे । सो कार्यक्रममा नवगठित समिति संयोजक बिना बुढाथोकीले प्रतिवद्दता मन्तव्य समेत राख्नु भएको थियो। सो भेलाले हाल ७ सदस्य सम्मेलन आयोजक समिति घोषणा गर्दै आगामी पौषमा हुने सम्मेलन मार्फत विभिन्न पेशागत घटकहरुको समेत प्रतिनिधित्व गराउने गरि कार्ययोजना बनाएको छ।
त्यसैगरि सो अबसरमा ९ सदस्यीय कास्की जिल्ला भेला समेत सम्पन्न भएको छ। जसमा श्रीधन राई अध्यक्ष, झक बहादुर रम्तेल उपाध्यक्ष,हिमाल आले सचीव रहनु भएको छ भने अन्य सदस्यहरुमा क्रमशः चन्द्र बहादुर तामाङ,मान कुमार गुरुङ,देवी सुनार,गणेश परियार,बलराम चुनारा र बिमला बिश्वकर्मा रहनु भएकाे छ ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर