यात्रा

यात्रा

तिम्रा छुट्टै रहर होलान् मेरा छुट्टै रहर
छुट्टाछुट्टै भए पनि पनि घुम्छन् एउटै शहर
एउटै रहर कतै अमृत कतै हुन्छ जहर
यतैतिर अल्मलिन्छ जिन्दगीको प्रहर ।

तिम्रो घाउ मेरो घाउ बेग्लै हुन सक्छ
तर पनि दुखाइले एकै ठाउँ घोँच्छ
नसोँच भो मैले पनि तिम्रो सिको गर्छु
मेरै आफ्ना रहरका सगरमाथा चढ्छु ।

तिम्रो यात्रा छुट्टै होला मेरो छुट्टै यात्रा
घुम्ने ठाउँ उही रैछ जिन्दगीको जात्रा
यो जिन्दगी कसैतिर फूलैफूल जस्तो
कसैलाई यो जिन्दगी ठुलै भूल जस्ताे ।