३ असोज इटहरी ।
नेकपा (क्रान्तिकारी माओवादी) सुनसरी जिल्लाको दोस्रो जिल्ला भेला भव्यताका साथ सम्पन्न भएको छ ।
भेलाले रविकिरणको नेतृत्वमा २१ सदस्य जिल्ला कमिटि निर्वाचित गरेको छ । जसमा सुनसरी जिल्ला सेक्रेटरीमा रविकिरण निर्वाचित हुनु भएको छ भने भेलाले पारस लिम्बु, राजुभण्डारी,सञ्जय चौधरी , विष्णु चौधरी, पदम तामाङ, बरुण चौधरी ,सुजता वन, प्रतिज्ञा याख्या ,राम बहादुर पौडेल , वि.की राई , नविन थापा, मणि कुमार राई , बेणु बुढाथोकी , खम्बसिंह कार्की ,अगम वि.क ,ज्योति भण्डारी लगायतलाई निर्वाचित गरेको छ ।
उक्त भेलाको उद्घाटन समारोहमा प्रमुख अतिथि नेकपा(क्रान्तिकारी माओवादी) का पोलिट ब्यूरो सदस्य तथा प्रदेश नम्बर १ का इन्चार्ज दिनेश शर्मा रहनु भएको थियो । शर्माले भेलालाई सम्बोधन गर्दै आज असोज ३ गते जनताको संविधान निर्माण गर्न नदिने पश्चगामीहरुले उत्सवको रुपमा मनाए पनि अग्रगमका पक्षधरहरुका लागि कालो दिन भएको बताउनु भयो । उहाँले जनताको पक्षमा संविधान लेखिने डरले पहिलो संविधानसभा भंग गरेर प्रधानन्याधिसलाई प्रयोजित रुपमा प्रधानमन्त्री बनाएर दोस्रो संविधानसभाको नाटक गरेर भारतीय तथा अमेरिकी दलालहरुले जनविरोध तथा विकास विरोधी संविधान निर्माण गरेको भनाई राख्नु भयोे । प्रमुख अतिथि शर्माले राज्यसत्ता भनेको अविभावक भएको भन्दै अविभावकले आफ्ना सन्तानलाई जस्तै सबै नागरिकलाई समान व्यवहार गर्नु पर्ने बताउनु भयो । उहाँले संघीय जनणतान्त्रिक व्यवस्थामा हरेक नागरिकलाई खाने,लाउने,बस्ने, शिक्षा,स्वास्थ र रोजगारीको ज्ञारेण्टी राज्यले गर्ने विषयबारे स्पष्ट पार्नु भयो ।
सो भेलामा नेकपा(क्रान्तिकारी माओवादी) केन्द्रिय सदस्य तथा प्रदेश १ सेक्रेटरी सरल , पार्टीका अर्का केन्द्रिय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज विवेशले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
यसरी भेलालाई पार्टीका प्रदेश कमिटि सदस्य तथा अखिल नेपाल शिक्षक संगठनका महासचिव तथा प्रदेश संयोजक उमानाथ ढकाल, पार्टीका प्रदेश सदस्य तथा सुचना सञ्चार तथा प्रकाशन विभाग प्रमुख अप्सरा बानियाँ , पार्टीका प्रदेश सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका प्रदेश १ संयोजक टिकाराम राई र पार्टीका प्रदेश सदस्य तथा घाइते योद्धाको तर्फबाट सुजता वन लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।