ईश्वरीप्रसाद गैरे
लमही÷३, असोज । सोमवार देउखुरीको लमही दिनभरजसो साहित्यमय बनेको छ । लेखक तथा साहित्यकारहरूका विचार तथा रचना वाचन एवम् श्रष्टा सम्मान कार्यक्रम भित्र दिनभर थपिएको रौनकताले माहोल साहित्यमय बनेको हो । कवि तथा लेखहरूले कार्यक्रममा वाचन गरेका जोडदार रचनाहरूले वर्तमान राजनीतिक बिकृती बिसङ्गति र वितृष्णा लाई जोडदार प्रहार गरेका थिए ।

देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च दाङले सोमबार देउखुरीको लमहीमा सङ्गठनको ११औं बार्षिकोत्सव, स्रष्टा सम्मान तथा पुरस्कार वितरण समारोह गरेको थियो । सो अवसरमा दाङ देउखुरीमा साहित्य लेखनको विविध बिधामा कलम चलाउने र गित संगीतको क्षेत्रमा कृयाशील १२ जना स्रष्टाहरूलाई पुरस्कृत गरिएको मञ्चले जनाएको छ ।

जस अनुसार खाडी राष्ट्र कतारमा कार्यरत श्रमजीवी नागरिकहरूको सहयोगमा मञ्चले स्थापना गरेको देउखुरी कतार साहित्य पुरस्कारबाट अग्रज साहित्यकार इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष तथा लेखक हिरामणि दुःखी पुरस्कृत भएका छन् । त्यस्तै पोखे्रल पद्य साहित्य पुरस्कार पद्य बिधामा कलम चलाउने साहित्यकार खगराज न्यौपाने पुरस्कृत भएका छन् भने मञ्चका संस्थापक अध्यक्ष देवराज पाठकले स्थापना गरेको पाठक कला संस्कृति संगीत साहित्य पुरस्कारबाट गितकार तथा गायक यादवनाथ योगी पुरस्कृत, खिमानन्द केशरा साहित्य पुरस्कारबाट पत्रकार तथा लेखक केबि मसाल, होतबिष्णु साहित्य पुरस्कारबाट कमलमणी देवकोटा, जगत साहित्य पुरस्कारबाट हिमोढ पहाडी र ज्योतिसिंह साहित्य पुरस्कारबाट साहित्यकार डा.खेमराज मल्ल पुरस्कृत भएको मञ्चका अध्यक्ष हरी पोखे्रलले जानकारी दिएका छन् ।

यसैगरी ऋषिबिना साहित्य पुरस्कारबाट साहित्यकार नगेन्द्र गुरु, शोभादेवि सङ्घर्षशील साहित्य पुरस्कारबाट साहित्यकर्मी दिपा धिताल, कल्पना साहित्य पुरस्कारबाट साहित्यकार भवानी न्यौपाने ‘भावना’ र गंगातारा साहित्य पुरस्कारबाट साहित्यकार शेषमणी शर्मा घिमिरे तथा ठागुरामपति प्रतिभा साहित्य पुरस्कारबाट शिशिर रेग्मी पुरस्कृत भएका छन् ।

यस मञ्चले दाङ देउखुरी क्षेत्रमा रहेर साहित्य लेखन र सामाजिक सेवाको क्षेत्रमा बिशिष्ट योगदान गर्ने अग्रज ब्यक्तित्वलाई वर्षेनी सम्मान गर्दै आएकोमा वर्ष २०७८ को सम्मान अग्रज साहित्यकार सोमनाथ शर्मा पन्थीलाई गरेको छ । सो अवसरमा मञ्चले प्रकाशन गर्दै आएको वार्षिक साहित्यिक मुखपत्र ‘स्तम्भ’को समेत बिमोचन गरिएको छ ।

मञ्चका अध्यक्ष हरि पोख्रेलको अध्यक्षता एवम् साहित्यकार एवम् सामाजिक ब्यक्तित्व सोमनाथ शर्मा पन्थीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैंयाले कार्यक्रममा वाचित रचनाहरूको समग्र समीक्षा गरेका थिए । सो अवसरमा इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणी दुःखीले वर्तमान अवस्थामा साहित्यको भूमिका बारे मन्तव्य राखेका थिए । उनले अहिले देशको राजनीतिक अवस्था भयावह बन्दै गएकोले साहित्यकारहरूले सत्ताको कूरुप चरित्रको भण्डाफोर गर्दै जनतालाई जागृत बनाउने साहित्य लेख्नुपर्ने बताए ।

कार्यक्रममा स्तम्भकार समाज दाङका केबि मसाल, लोकबार्ता परिषद् नेपालका केन्द्रीय सदस्य जगतराम यादव, मञ्चका संस्थापक अध्यक्ष देवराज पाठक, थारु भाषा तथा साहित्य संरक्षण मञ्चका अध्यक्ष छविलाल कोपिला सहित साहित्यकारहरू रेशम बिसी, कमलमणि देवकोटा, खेमराज मल्ल, भगवती प्रसाद चौधरी, लेखराज रेग्मी, जागेश्वर शर्मा घिमिरे, निमबहादुर थापा, मकुश पन्थी, हिमोढ पहाडी, दिपक समिर, भावना न्यौपाने लगायतले शुभकामना मन्तब्य तथा रचना वाचन गरेका थिए ।

कार्यक्रममा पुरस्कृत स्रष्टाहरूको परिचय शिबराज पन्थी, केशब शर्मा घिमिरे र आषिस कल्पबृक्षले गराएका थिए । मञ्चका उपाध्यक्ष राधा गौतमको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव शिबराज पन्थीले गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर