२६ भदौ सिराहा ।
नेकपा(क्रान्तिकारी माओवादी ) २ नं. प्रदेशको बैठकले यही मंसीर ४ गते गर्ने भनिएको संघीय र प्रदेश दुवै नीर्वाचन सक्रिय बहिष्कार गर्ने पार्टी केन्द्रको निर्णयलाई एकमतले कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
नेकपा(क्रान्तिकारी माओवादी ) केन्द्रीय समितिको यही भाद्र १० र ११ गते बसेको बैठकले यही मंसीर ४ गते गर्ने भनिएको संघीय र प्रदेश दुवै नीर्वाचन सक्रिय बहिष्कार गर्ने निर्णय गरेकोे थियो । सोही निर्णयलाई प्रभावकारी रुपले कार्यान्वयन गर्ने उद्येश्यले २ नं. प्रदेश समितिको बैठक बैठक यही भाद्र २४ र २५मा सम्पन्न भएको होे ।
बैठकले मिटर ब्याजी, किसानका समस्या, हत्या, हिंसा, भ्रष्टाचार, अत्याचार र राष्टघातलाई बल पुुरयाउने उक्त निर्वार्चाचनलाई सक्रिय बहिष्कार गर्ने निर्णय गरेको छ । बैठकले चुुनाव बहिष्कार गर्नुुको अर्थ जनतालाई बुझाउन जनसभा, कोण सभा, पर्चा वितरण र पोष्टर टास्ने कामलाई अगाडि बढाउने निर्णय गरेको छ । साथैे देशभक्त जनगणतान्कि मोर्चा, विभिन्न विभाग र जनवर्गीय संगठनहरु यसै काममा लाग्ने निर्देशन पनि दिएको छ ।
यस बैठकका प्रमुुख अतिथि पार्टीका स्थाई कमिटि सदस्य क. सीपी गजुरेल हुनुहुन्थ्यो भने बैठकको अध्यक्षता पार्टी पिविएम तथा प्रदेश इन्चार्ज क. कृष्णदेव सिंह दनुवारले गर्नु भएको थियो ।