२८ भदौ लालबन्दी सर्लाही ।
नेकपा(क्रान्तिकारी माओवादी ) २ नं. प्रदेशमा आजै सहीद परिवार सम्मान कार्यक्रम र नेकपा(विप्लव), नेकपा(माके) र नेकपा(एमाले) पार्टी परित्याग गरी नेकपा(क्रान्तिकारी माओवादी ) प्रवेश गर्नेहरुको स्वागत गर्दै पार्टी पर्टि प्रवेश कायक्रम सम्पन्न गरिएको छ ।सहीद कुमार पौडेलका बुवालगायत ५ जना सहीद परिवारलाई सम्मान गरिएको थियो ।
पार्टी प्रवेश कार्यक्रममा सुमन उपाध्यायको नेतृत्वमा नेकपा(विप्लव), नेकपा(माके) र नेकपा(एमाले) पार्टी परित्याग गरी ४० जना क्रान्तिकारीहरु नेकपा(क्रान्तिकारी माओवादी ) मा प्रवेश गनु भएको छ ।
उक्त कार्यक्रममा प्रमुुख अतिथि पार्टीका स्थाई कमिटि सदस्य . सीपी गजुरेल हुनुहुन्थ्यो भने अन्य अतिथिमा पार्टी पिविएम तथा प्रदेश इन्चार्ज कृष्णदेव सिंह दनुवारलगायत पार्टीका नेताहरु प्रल्हाद, सनध्या उपाध्याय आदि जिल्लास्तीय नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।